साउदी अरेबियाले नयाँ सस्तो हवाई सेवा सुरु गर्ने
सोमबार, ०५ साउन २०८२, ०३ : २१
सारांश
- साउदी अरेबियाले सस्तो हवाई सेवा दिने नयाँ एयरलाइन्स सुरु गर्ने घोषणा गरेको छ।
- एयरलाइन्सले सन् २०३० सम्ममा ४५ वटा विमान प्रयोग गर्ने र दमाम विमानस्थलबाट उडान भर्नेछ।
- नयाँ एयरलाइन्सले २४ साउदी सहर र ५७ विदेशी गन्तव्यमा सेवा दिने लक्ष्य राखेको छ।
काठमाडौँ। साउदी अरेबियाले सस्तो हवाई सेवा दिने नयाँ राष्ट्रिय एयरलाइन्स सुरु गर्ने घोषणा गरेको छ। यो एयरलाइन्सले सन् २०३० सम्ममा ४५ वटा विमान प्रयोगमा ल्याउनेछ।
संयुक्त अरब इमिरेट्सको एयर अरेबिया लगायत तीन कम्पनीहरूको समूहले यो एयरलाइन्स सञ्चालनको जिम्मा पाएको छ।
नयाँ एयरलाइन्सले साउदीको दमाम सहरस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलबाट देशभित्र र विदेशमा उडान भर्नेछ।
यसले २४ वटा साउदी सहर र ५७ वटा विदेशी गन्तव्यमा सेवा दिनेछ। हरेक वर्ष करिब १ करोड यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण