रसुवा बाढी : करिब २९ करोडको बीमा दाबी
सारांश
- रसुवामा चीनबाट आएको बाढीपहिरोबाट क्षति पुगेपछि बीमितहरूले २९ करोडको बीमा दाबी गरेका छन्।
- शिखर इन्स्योरेन्समा १६ करोड १२ लाख र नेको इन्स्योरेन्समा ५ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ।
- बाढीले रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ, जसमा पुल, ड्राइपोर्ट र सवारी साधनमा क्षति पुगेको छ।
काठमाडौँ । गत असार २३ मा रसुवामा चीनतर्फबाट आएको बाढी पहिरोबाट क्षति पुर्याएको भन्दै बीमितहरूले २९ करोडको बीमा दाबी गरेका छन् ।
बीमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स,सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीहरूले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन् ।
बीमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा १० ओटा दाबी परेका छन् । शिखरमा १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ । त्यस्तै नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख रुपैयाँको माग दाबी गरिएको छ ।
सगरमाथा लुम्बिनी इस्योरेन्समा दाबी सङ्ख्या सात छ । माग दाबी रकम ३ करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै, सानिमा जीआईसी लिमिटेडमा ६ वटा माग दाबी परेको छ । जसमा ७७ लाखको माग दाबी परेको छ ।
अर्को आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ ओटा दाबी परेका छन् । जसमा ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ ।
युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा मागदाबी परेका छन् । जसमा ६८ लाख बराबरको माग दाबी रकम छ ।
एनएलजी इन्स्योरेन्समा ६ वटा मागदाबी परेका छन् । जसमा ४७ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा माग दाबी परेको छ । जसमा माग दाबी रकम ३१ लाख रहेको बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
कुल ६३ वटा मागदाबीमध्ये सामुन्द्रिक बीमातर्फ हेर्ने हो भने ६ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पत्ति बीमातर्फ १० वटा, मोटर बीमा (सार्वजनिक) तर्फ ३२ ओटा, मोटरबीमा निजीतर्फ ११ वटा मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।
रसुवामा आएको बाढीले नेपाल–चीन जोड्न पुल बगाएको थियो । जसकारण दुई हप्तादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ । बाढीले ड्राइपोर्टका साथै सवारी साधन, कन्टेनर समेत बगाउँदा ठुलो क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण