इन्डोनेसियामा पानी जहाजमा आगो लाग्दा ३ जनाको मृत्यु, ५६८ यात्रुको उद्धार
सारांश
- इन्डोनेसियाको एक पानी जहाजमा आगो लाग्दा ५६८ यात्रुको उद्धार गरियो, जसमा तीन जनाको मृत्यु भयो।
- आगो उत्तरी सुलावेसीको तालिस टापु नजिकै लागेको थियो, जसका कारण केही यात्रुले समुद्रमा हाम फाले।
- उद्धारकर्ताहरूले आगो एक घण्टाभित्र निभाए र हराइरहेका व्यक्तिको खोजी जारी छ।
जकार्ता । यात्रुहरूलाई लिएर मानाडो जाँदै गरेको इन्डोनेसियाको एक पानी जहाजमा लागेको आगो नियन्त्रणमा लिइएको छ । उद्धार टोलीले उक्त जहाजबाट ५६८ जना यात्रुको उद्धार गरेको छ ।
तीन यात्रुको मृत्यु भएको छ । आइतबार उत्तरी सुलावेसीको तालिस टापु नजिकै इन्डोनेसियाली जहाजमा आगलागी भएको थियो । यसक्रममा केही यात्रु ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए ।
आइतबार दिउँसो मानाडोतर्फ जाँदै गरेको केएम बार्सिलोना ५ जहाजमा आगो लागेको मानाडो नौसेना बेसका प्रमुख फर्स्ट एडमिरल फ्र्यान्की पासुना सिहोम्बिङले बताए ।
जहाज सुलावेसीको तालिस टापु जिल्लाको मेलोङ्गुआन बन्दरगाहभन्दा अगाडि बढेको थियो । अचानक जहाजको पछाडिको भागमा आगो लाग्यो ।
जहाजमा रहेका यात्रुहरूले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फाल्न थाले । सिहोम्बिङले उद्धार कार्यमा तटरक्षक जहाज, ६ वटा उद्धार जहाज र धेरै डुङ्गाहरू खटाइएको बताएको छ ।
उद्धारकर्ताहरूले धेरै मानिसहरूलाई समुद्रमा निकालेर नजिकैका टापुहरूमा लगेका थिए । स्थानीय माझीहरूले छालहरूमा फसेका लाइफ ज्याकेट लगाएका केही जीवित यात्रीको उद्धार गरे ।
जहाजको पछाडिको भागमा लागेको आगो एक घण्टा भित्र निभाइएको सिहोम्बिङले बताए । जहाजमा २८० यात्रु र १५ चालक दलका सदस्यहरू मात्रै रहेको भनिएको थियो । तर उद्धारकर्ताहरूले ५६८ जनालाई उद्धार गरे ।
गर्भवती महिला सहित तीन जनाको शव निकालिएको छ । खोजी र उद्धार कार्य जारी छ यद्यपि कोही पनि हराएको तत्काल रिपोर्ट आएको छैन ।
सुरुमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका थिए । तर उद्धार एजेन्सीले सोमबार यो सङ्ख्या घटाएर तीनमा झारे । जहाजमा सवार यात्रुहरूको सङ्ख्या सूचीभन्दा फरक हुनु सामान्य भएको तर यसले दुर्घटना निम्त्याउन सक्ने र खोज अनि उद्धार कार्यलाई कठिन बनाउन सक्ने उनको भनाइ थियो ।
आगो लागेको जहाजको क्षमता ६०० जनाको थियो । इन्डोनेसियामा १७ हजारभन्दा बढी टापुहरू छन् । यहाँ यात्राको सामान्य माध्यम हुन् डुङ्गा । तर प्रायः यिनीहरू दुर्घटनामा परिरहन्छन् । कमजोर सुरक्षा प्रणालीलाई यसको लागि प्रायः दोषी ठहराउने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण