बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रहरी प्रशासन

नेपाल प्रहरीको डीएसपीमा १३ जना बढुवा सिफारिस

सोमबार, ०५ साउन २०८२, १३ : ५७
सोमबार, ०५ साउन २०८२

सारांश

  • नेपाल प्रहरीले १३ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा सिफारिस गरेको छ।
  • बढुवा सिफारिसमा वसन्त गौतम, पञ्चलाल गोले लगायतका इन्स्पेक्टरहरूको नाम समावेश छ।
  • प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको संयोजकत्वमा बढुवा समितिले नाम सिफारिस गरेको हो।

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस भएको छ । प्रहरी  निरीक्षक (इन्स्पेक्टर) हरूबाट १३ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । 

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार इन्स्पेक्टरहरू  वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल डिएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

518931389_626823256592619_8446240035233517293_n520285489_2001699143968422_4997263883368497794_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप