जनकपुरको होटलमा युवकको हत्या, सिसिटिभी फुटेजको आधारमा युवती पक्राउ
सारांश
- प्रहरीले महोत्तरीका एक युवकको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।
- युवकको हत्या जनकपुरस्थित एक होटलमा भएको थियो, जसमा विवाहेत्तर सम्बन्धको आशंका गरिएको छ।
- सिसिटिभी फुटेजमा युवती र मृतक सँगै होटलमा प्रवेश गरेको र पछि युवती भागेको देखिएको छ।
काठमाडौँ । नेपाल प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको छैन । यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले यादवको शनिवार राति जनकपुरको होटल एसपी एण्ड गेस्ट हाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै महिला साथी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको जानकारी दिए ।
शनिबार राति ९ बजेर ५० मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसिटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्मे अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ ।
त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद रहेको बताए ।
आइतबार बिहान पौने ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा आरोपीमाथि नै अनुसन्धान केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण