आज राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै
सारांश
- राष्ट्रियसभा बैठक मंगलबार दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।
- बैठकमा दुई विधेयकसम्बन्धी प्रस्तावहरू पेस गरिने सम्भावित कार्यसूची तय गरिएको छ।
- मन्त्रीहरूले भौतिक पूर्वाधार र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन्।
काठमाडौँ। सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा दुई विधेयकसम्बन्धी प्रस्तावहरू पेस गरिने सम्भावित कार्यसूची तय गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि तय भएको छ।
यस्तै आजै प्रतिनिधिसभा मातहतका तीन संसदीय समितिको बैठक पनि बस्दै छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल हुनेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गरिनेछ। यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’ माथि संशोधनकर्ताहरूसँग छलफल हुने कार्यसूची तय भएको छ। यस समितिमा सो विधेयकमाथि निरन्तर छलफल हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण