रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद
सारांश
- रौतहट प्रहरीले गरुडास्थित झाझ खोला नजिकैबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
- चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ब्रेजा कारबाट गाँजा बरामद गरिएको हो।
- प्रहरीले कार रोक्न खोज्दा चालक भागेपछि पिछा गर्दै गाँजा फेला पारेको हो।
रौतहट । रौतहट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा चलाइएको जाँचबाट प्रहरीले ठुलो परिमाणमा आज लागु औषध गाँजा बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको गरुडास्थित झाझ खोला नजिकबाट प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट आज गाँजा बरामद गरेको हो ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग३च ६८९६ नम्बरको ब्रेजा कारबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले जाँच गर्न कार रोक्न खोज्दा कार चालकले गाडी लिएर भाग्न थालेपछि प्रहरीले पछ्याउँदै जाँदा गाँजा बरामद गरेको हो ।
रौतहट प्रहरी प्रमुख नेत्रमणि गिरीका अनुसार अहिले गाडीबाट गाँजा निकाल्ने काम भइरहेको छ, त्यो सबै काम सकिएपछि पत्रकार सम्मेलनमार्फत सबै यथेष्ट जानकारी दिइनेछ ।
उनका अनुसार ब्रेजा कारमा लागु औषध लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना गरुडा प्रहरीमा आएको थियो।
त्यही सूचना अनुसार जाँच गर्दा प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण