बीपीलाई बुझेको भए नेपालको राजसंस्था नागार्जुनको जङ्गलमा पुग्ने थिएन: विश्वप्रकाश शर्मा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसक्दा राजसंस्था नागार्जुनको जङ्गलमा थन्किएको बताए।
- शर्माले बीपीको विचारलाई राजसंस्थाले गलत व्याख्या गरेको र त्यसैले राजसंस्थाको अन्त्य भएको दाबी गरे।
- उनले बीपीलाई बुझ्न नेपालमा कमजोरी भएको र कांग्रेस तथा अन्य दलबाट पनि बुझाइमा कमी रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जङ्गलमा थन्किएको टिप्पणी गरेका छन् ।
४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलवार बीपी स्मृति अस्पताल, वसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।
उनले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए । त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त्य भएको उनको दाबी थियो । उनले बीपी कोइरालालाई बुझ्ने सवालमा नेपालमा धेरै ने कमजोरी भएको उल्लेख गरे
नेपाली कांग्रेसले पनि बीपीलाई उचित ढङ्गले बुझ्न नसकेको र नेपालका कम्युनिस्ट पार्टी र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण