मिडिया काउन्सिल विधेयकमाथिको दफावार छलफल गर्न संसदीय उपसमिति गठन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमा दफावार छलफल गर्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
मङ्गलबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथि थप दफावार छलफल गर्न ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
दफावार छलफलमा आवश्यक संशोधनहरू मिलाउनको लागि तथा छलफल गरेर थप परिष्कृत गर्नको लागि उपसमिति गठन गरिएको समिति सभापति अम्मरबहादुर थापाले बताए । दलीय आधारमा परामर्श समितिबाट समिति सदस्यको टुङ्गो लाग्ने उनको भनाइ छ ।
१५ कार्य दिनको अवधि रहने उपसमितिको संयोजक समेत परामर्श समितिले नै छान्ने उनले बताए । त्यस्तै समितिले गत आर्थिक वर्षभित्र समितिले गरेका निर्णय तथा निर्देशनहरूको कार्यान्वयनको अवस्था र प्रगति विवरणबारे समितिलाई सात दिनभित्र बुझाउन समेत सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण