इंग्लिस र ग्रिनको अर्धशतक, अस्ट्रेलियाले सजिलै हरायो वेस्ट इन्डिजलाई
सारांश
- अस्ट्रेलियाले वेस्ट इन्डिजलाई दोस्रो टी२० मा ८ विकेटले पराजित गर्यो, जसमा जोस इंग्लिसले ७८ रन बनाए ।
- वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले २८ बल अगावै २ विकेट गुमाएर पूरा गर्यो ।
- अस्ट्रेलियाले ५ खेलको शृङ्खलामा २-० को अग्रता लियो, यसअघि टेस्ट शृंखला ३-० ले जितेको थियो।
किंग्सटन । जोस इंग्लिस र क्यामरुन ग्रिनको अर्धशतकीय इनिङ्सको मद्दतले अस्ट्रेलियाले वेस्ट इन्डिजलाई दोस्रो टी–२० मा ८ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य २८ बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा पछ्यायो ।
टोलीका लागि विकेटकिपर जोस इंग्लिसले मात्र ३३ बलमा ७८ रन जोडे । उनले ७ चौका र ५ छक्का हिर्काए । उनलाई क्यामरुन ग्रिनले राम्रो साथ दिए । ग्रिनले मात्र ३२ को सामना गर्दै ३ चौका ४ छक्काको मद्दतले ५६ रन जोडे ।
यसअघि, कप्तान मिचेल मार्सले १७ बलमा २१ तथा ग्लेन म्याक्सवेलले १० बलमा १२ रनको योगदान दिएका थिए । वेस्ट इन्डिजका लागि जेसन होल्डर र अल्जारी जोसेफले १–१ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । टोलीका लागि ओपनर ब्रान्डन किङले ३६ बलमा ५१ रन बनाए । उनले यस क्रममा ३ चौका र ४ छक्का प्रहार गरे । आन्द्रे रसलले १५ बलमा ३६ रन जोडे । उनले २ चौका र ४ छक्का हिर्काए ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ ओभरमा मात्र २९ रन खर्चेर ३ विकेट लिए । नाथन इलिस र ग्लेन म्याक्सवेलले २–२ विकेट तथा बेन ड्वारियसले १ विकेट हात पारे ।
यो जितसँगै अस्ट्रेलियाले ५ खेलको शृङ्खलामा २–० को अग्रता बनाएको छ । यसअघि टोलीले टेस्ट शृङ्खला ३–० ले क्लिन स्विप गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण