माओवादीले गरेको विद्रोह इतिहासमा प्रमाणित भएको छ : प्रचण्ड
सारांश
- प्रचण्डले माओवादीको विद्रोह इतिहासले प्रमाणित गरेको दाबी गर्दै सबै वर्ग र समुदायले अधिकार पाएको बताए।
- उनले माओवादीको त्याग र तपस्याबाट अहिलेको उपलब्धि भएको भन्दै संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताए।
- प्रचण्डले गणतन्त्रको सबैभन्दा बढी चिन्ता माओवादीलाई रहेको र संशोधनका लागि सुझाव दिन आग्रह गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले गरेको विद्रोह इतिहासले प्रमाणीत गरिसकेको जिकिर गरेका छन् । मार्क्सवादी ज्ञान केन्द्रद्वारा लिखित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: तुलनात्मक अध्ययन’ पुस्तक बुधवार काठमाडौँमा लोकार्पण गर्दै प्रचण्डले माओवादीको विद्रोहले नै अहिले सबै वर्ग समुदायले अधिकार पाएको जिकिर गरेका हुन् ।
‘हामीले गरेको विद्रोह इतिहासमा प्रमाणित भएको छ । माओवादीले विद्रोह गरेकाले नै अहिले मधेसी, दलित, महिला, जनजाति, पिछडिएका वर्ग समुदायले यति धेरै अधिकारी पाएका छन्’, उनले भने, ‘कसैले स्वीकार गरे वा नगरे पनि हरेक वर्ग, जाति, समुदायले माओवादीलाई नबिर्सने इतिहास बनेको छ । त्यसैले गणतन्त्रको सबैभन्दा बढी चिन्ता माओवादीलाई छ ।’
माओवादीको त्याग र तपस्याबाट अहिलेको उपलब्धि भएको भन्दै उनले संविधान कार्यान्वयन कति भयो वा भएन भन्नेमा समीक्षा गर्ने बेला आएको बताए । साथै संविधान कार्यान्वयनको पक्ष गम्भीर समीक्षा गरी संशोधनका लागि सुझाव दिन अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण