हर्क साम्पाङलाई वीपीले फर्कायो जवाफ
सारांश
- धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पुरानो अस्पतालको जग्गा बीपी अस्पतालले लिएको बताए।
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त जग्गा आफ्नो भएको र कानुनसम्मत तरिकाले प्राप्त गरेको जनाएको छ।
- प्रतिष्ठानले मेयर साम्पाङको भनाइप्रति आपत्ति जनाउँदै भ्रमपूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ।
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा बीपी अस्पतालले लिएको बताएपछि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यसको जवाफ फर्काएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले पुरानो अस्पताल भनिएकोमा धरान छाताचाेक स्थित पुरानो अस्पताल तथा स्वयम् वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आम धरानबासीको धरोहर तथा सम्पत्ति भएको बताएको छ ।
'वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन २०४९ तत्कालीन प्रतिनिधि सभाबाट पारित भई स्थापना भएको स्वायत्त संस्था हो । प्रतिष्ठान स्थापना भए पश्चात् तत्कालीन श्री ५ को सरकारको मिति २०४८ / १० /०४ को निर्णय बमोजिम साबिकको धरान बजार स्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ,'वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विगतमा प्रतिष्ठानले पुरानो धरान अस्पतालमा ओ.पी.डी. सेवा सञ्चालन गरेको तर धरान नगरवासीहरूको प्रतिष्ठानमै सेवा लिन आउने चाहना रहेको र त्यहाँ बिरामीको सङ्ख्या न्यून हुँदै जाँदा तत्कालीन अवस्थामा ओ.पी.डी. स्थगन भएको समेत बताएको छ ।
यस प्रकार विधि र प्रक्रिया सम्मत प्रतिष्ठानको लागि भविष्यमा सेवा विस्तार गर्ने लक्ष्य अनुरूप भोगाधिकार दिई प्रतिष्ठानको नाममा नामसारी भएको कुरालाई धरान उपमहानगरपालिकाको प्रमुख जस्तो स्थानीय सरकार प्रमुखबाट 'सुटुक्कै लगेको', 'हडपेको' जस्ता शब्दावली प्रयोग हुँदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह भएकाे प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्को सदस्य समेत रहएका धरान उपमहानगरपालिका प्रमुख साम्पाङले स्ट्याटस मार्फत भ्रम छर्ने प्रकारका शब्द प्रयोग गरी आम सर्वसाधारणमा गलत सूचना प्रवाह नगर्न र उक्त स्ट्याटस सच्याई दिन आग्रह समेत गरिएकाे छ ।
पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आम धारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल हुँदा प्रतिष्ठान सदैव सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने प्रतिबद्धता समेत प्रतिष्ठान व्यक्त गरेको छ ।
बुधबार मेयर साम्पाङले प्रतिष्ठानलाई बोधार्थ पठाएको पत्रमा भनेका थिए, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमाभुलेर अस्पताललाई दिई पठाएछ थाहा भएन, यसरी अस्पतालको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनुहोला ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण