विद्या भण्डारीमाथिको प्रतिबन्ध संविधान विपरीतः देव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेकपा (एमाले) द्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध संविधान विपरीत रहेको बताएका छन्। संविधानको धारा १७ अन्तर्गत हरेक नेपाली नागरिकलाई दल खोल्ने, दलमा प्रवेश गर्ने र राजनीतिक गतिविधिमा संलग्न हुने स्वतन्त्रता प्रदान गरिएको स्मरण गराउँदै गुरुङले पूर्व राष्ट्रपतिलाई नागरिकको हैसियतबाट वञ्चित गर्न नपाइने बताएका हुन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले पूर्व राष्ट्रपति पदमा रहँदा सो पदको गरिमा अनुसार सीमितता लागू हुने भए पनि पदबाट निवृत्त भएपछि ती सामान्य नागरिकका रूपमा संविधान प्रदत्त सबै अधिकार प्रयोग गर्न स्वतन्त्र हुने उल्लेख गरेका छन् ।
‘नेपालको संविधानले पूर्व राष्ट्रपतिलाई गैर नागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हक सम्बन्धी धारा १७ ले दलीय स्वतन्त्रता प्रदान गरेको छ। कुनै पनि नेपाली नागरिक लाई दल खोल्ने वा कुनै दलमा प्रवेश गर्ने र दलीय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ। गैर नागरिक भएमा वा राष्ट्रिय स्वाधीनता विपरीत कार्य गरेमा मात्र उक्त स्वतन्त्रतामा बन्देज लाग्न सक्छ,’ उनले सञ्जालमा लेखेका छन् ।
दल प्रवेशमा रोक लगाउनु संविधानमा सुनिश्चित मौलिक हकको गम्भीर उल्लङ्घन हुने गुरुङको भनाइ छ।
यसअघि मंगलबार मात्रै एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पुनः दलमा सक्रिय हुन नहुने निर्णय गर्दै प्रत्यक्ष राजनीतिक प्रवेशमा रोक लगाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण