स्पेन पहिलोपटक महिला युरो फाइनलमा
सारांश
- स्पेन युरो महिला फुटबलको फाइनलमा पहिलो पटक प्रवेश गरेको छ।
- जर्मनी विरुद्धको सेमिफाइनलमा ऐताना बोनमतीको गोल निर्णायक बन्यो।
- फाइनलमा स्पेनले इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । स्पेन पहिलो पटक युरो महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपाली समयअनुसार बिहीबार बिहान भएको जर्मनीविरुद्धको सेमिफाइनलमा ऐताना बोनमतीको अतिरिक्त समयको निर्णायक गोलले स्पेनलाई पहिलो पटक फाइनल पुर्याएको हो ।
खेलको सुरुवातदेखि नै बलमा राम्रो नियन्त्रण राखेको स्पेनले कप्तान इरेन पारेडेसले पहिलो हाफमा हेडमार्फत गोल गर्ने प्रयास गरिन् तर उनको प्रहार पोष्टमा लागेर फर्कियो। जर्मनीले काउन्टर अट्याकको रणनीति अपनायो र दोस्रो हाफमा क्लारा बुल्लेले केही राम्रा अवसरहरू पनि बनाइन्। अन्तिम मिनेटमा उनको प्रहार स्पेनकी गोलकिपर काता कोलले बचाइन्।
९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा बोनमतीले गोल गर्दै टोलीलाई फाइनलमा पुर्याइन्।
यो जितसँगै स्पेनले अब उपाधिका लागि आइतबार हुने फाइनलमा इङ्गल्यान्डसँग भिड्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण