नेट्फ्लिक्सको ग्लोबल १० बाट बाहिरियो कपिल शर्माको ‘शो’
सारांश
- कपिल शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ को दर्शक संख्या घट्दै गएको छ।
- सुरुका एपिसोडहरूले राम्रो प्रतिक्रिया पाए पनि, पछिल्ला एपिसोडहरू नेटफ्लिक्सको शीर्ष १० बाट बाहिरिए।
- दर्शक संख्या घट्दै गएपछि, शो निर्माताहरूले रणनीति परिवर्तन गर्ने सम्भावना रहेको छ।
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ ले वर्षाैंसम्म टिभीको टीआरपीमा एकछत्र राज गरेको थियो । गएको वर्ष कपिलले ‘द ग्रेट इन्डियन कपिल शो’ मार्फत ओटीटीमा डेब्यू गरे ।
कपिलको सिग्नेचर कमेडी शोले नेटफ्लिक्सका दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको थियो । तर तेस्रो सिजन आउँदासम्म यस शोका दर्शक सङ्ख्या घटेका छन् । तेस्रो सिजनमा ‘द ग्रेट इन्डियन कपिल शो’ का ५ एपिसोडहरू आएका छन् ।
शोका पहिलो तीन एपिसोडहरू नेटफ्लिक्सको विश्वव्यापी शीर्ष १० गैर–अंग्रेजी कार्यक्रमहरूमा समावेश थिए । तर अन्तिम दुई एपिसोडहरू यस सूचीबाट बाहिरिएका छन् । सिजन ३ को प्रिमियर एपिसोडमा सलमान खान अतिथिको रूपमा आएका थिए । यो एपिसोडले १६ लाख भ्यूज पाएको थियो भने यसलाई १९ लाख घण्टा हेरिएको थियो ।
दोस्रो एपिसोडमा ‘मेट्रो इन दिनों’ का कलाकारहरू आएका थिए । पहिलो दुई हप्तामा यो एपिसोडले कुल २० लाख भ्यूज पायो । तत्र यसमा पहिलो र दोस्रो एपिसोड दुवैको संयुक्त भ्यूज समावेश भएको थिए । नेटफ्लिक्सले दोस्रो एपिसोडको लागि एकल डेटा साझा गरेको छैन ।
क्रिकेटरहरूले पनि तान्न सकेनन् भ्यूज
तेस्रो हप्तामा शोमा क्रिकेटर गौतम गम्भीर, युजवेन्द्र चहल र ऋषभ पन्त आए । यो एपिसोडको भ्यूज झनै घट्यो । तीनै एपिसोडको संयुक्त भ्यूज १२ लाखमा झरेको नेटफ्लिक्सले भनेको छ । यो कमी जारी रहिरह्यो । अन्तिम दुई एपिसोडहरू अब प्लेटफर्मको विश्वव्यापी चार्टबाट पूर्ण रूपमा गायब भएका छन् ।
दर्शकहरूको सङ्ख्यामा गिरावट आए पनि, ‘द ग्रेट इन्डियन कपिल शो’ अझै पनि नेटफ्लिक्स भारतको सबैभन्दा लोकप्रिय कार्यक्रममध्ये एक हो ।
विश्वव्यापी चार्टहरूमा घट्दो सङ्ख्यालाई ध्यानमा राख्दै, मेकरहरू र नेटफ्लिक्सले पुराना दर्शकलाई शोमा तान्न रणनीति परिवर्तन गर्न सक्ने ठानिएको छ । शोको आउँदो एपिसोडमा कन्टेन्ट क्रिएटर राज शमानी, सौरभ द्विवेदी, कामिया जानी र समदिश भाटिया आउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण