गीत, सङ्गीतले समाजलाई उन्नत बनाउँछ: उपप्रधानमन्त्री सिंह
बिहीबार, ०८ साउन २०८२, १२ : ५४
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले गीत-सङ्गीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताए।
- उनले प्रतिभाशाली व्यक्तिहरूलाई सहयोग गर्दा मनोबल बढ्ने कुरा व्यक्त गरे।
- सिंहले गीत-सङ्गीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, सङ्गीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा गीतकार देवी पराजुलीका गीतहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रतिभाशाली व्यक्तिहरूलाई आफूले सकेको मद्दत गर्दा उसको मनोबल माथि उठाउन मद्दत पुग्ने बताए ।
उनले आफू सङ्गीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रूपमा गीत सङ्गीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताए । गीत, सङ्गीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
उपप्रधानमन्त्री सिंहले संविधानमा भएका कुराहरूलाई कार्यान्वयन गराउन सबैको पहल जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण