परिवारलाई ‘भ्वाइस म्यासेज’ पठाएर नेपाल भागे दिदीबहिनी, मृत्युको बाटो रोज्नुअघि टिकटक
सारांश
- भक्तपुरको थिमी नगरपालिकामा दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्, उनीहरु भारतबाट भागेर आएका थिए।
- उनीहरू मुम्बईबाट भागेर आएपछि भक्तपुरमा डेरा लिएर बसेका थिए, र उनीहरुले टिकटक बनाएको पनि फेला परेको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र मृतकका बुवा काठमाडौं आउँदै हुनुहुन्छ।
काठमाडौँ । भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत भेटिएका थिए ।
महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका हुन् । उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो ।
प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले सोही घरको डेराको प्यासेजमा झुन्डिएको अवस्थामा दिदी बहिनीको शव भेटिएको रातोपाटीलाई जानकारी दिए ।
भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए ।
भारतीय सञ्चार माध्यम ‘सिगास टेलिभिजन’सँग कुरा गर्दै मृतककी आमा उमा कँडेलले भनेकी छन्, ‘कम्प्युटर कक्षा लिन जान्छौँ भनेर उनीहरू डेराबाट निस्केका थिए ।’
पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे । आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ ।’
मेनुका दिदी र सृजना बहिनी हुन् । हराएपछि प्रहरीलाई भनेर लोकेसन हेर्दा भिउण्डी पुगेको देखिएको उमाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् ।
मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ । यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भक्तपुरमा आएपछि उनीहरूले एउटा गार्मेन्टमा काम समेत गर्न थालेको बताइएको छ । त्यसबारे यकिन गर्ने काम भइरहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
घटनापछि मृतक दिदी बहिनीका बुवा वासुदेव कँडेल काठमाडौँ आउँदै छन् । अभिभावक आएपछि मुचुल्का गरेर शव पोस्टमार्टम गर्न अस्पताल पठाइने डीएसपी नेउपानेले बताए । उनले भने, ‘हामीले घटनास्थल सुरक्षित राखेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण