केपी ओली सी जिनपिङभन्दा कम हुनुहुन्न : श्रेष्ठ
सारांश
- एमाले नेता लिलानाथ श्रेष्ठले केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताको रूपमा प्रशंसा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तुलना गरे।
- श्रेष्ठले ओलीको नेतृत्वमा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद उठाएको र भारतसँगको नाकाबन्दी हटाएको जस्ता कदमको प्रशंसा गरे।
- श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नभएको र उपयुक्त समयमा निर्णय लिइने बताए।
काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली जत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताएका छन् । श्रेष्ठले ओली चिनियाँ राष्ट्रपति सी जिनपिङभन्दा कम नरहेको दाबी गरेका हुन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘केपी ओली राष्ट्रवादी व्यक्ति हो । बहुदलीय व्यवस्था आएदेखि कसैले उठाउन नसकेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सीमाको विषय उठाउनुभयो । संविधान संशोधन गरेर पास गरेको होइन ? भारतको नाकाबन्दी खुलाउनुभयो । अनि चीनसँग पारवहन सन्धि र व्यापार सन्धि गरेको होइन ? यो काम कसैले पनि गर्न सकेको थिएन । एमाले अध्यक्ष श्रद्धेय केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी जिनपिङभन्दा कम होइन । हाम्रो सरकारले भूमि फिर्ता लिनको लागि भारतसँग मित्रवत् रूपमा कुरा राख्छ । हाम्रो भूमि संसद्बाट संविधान संशोधन गरेर पास गरेका छौँ ।’
एमालेको नेतृत्वमा ओलीको निरन्तरता आवश्यकता भएको उनको भनाई छ । उनले अध्यक्ष ओलीको कुनै देवत्वकरण नगरिएको जिकिर गरे ।
श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नगरेको दाबी गरेका छन् । भण्डारीको पार्टी सदस्यताको बारेमा उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठको भनाई छ । तर, अहिले पार्टीले गरेको निर्णय शिरोधार्य गर्नु आफूहरूको धर्म भएको उनको भनाई छ ।
उनले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको जिकिर गरे ।
उनले भने,‘यो विषयमा पार्टी प्रवक्ताले जे वक्तव्य जारी गर्नुभएको छ, हाम्रो धारणा त्यही हो । हाम्रो पार्टीमा निरङ्कुशता छैन । प्रतिस्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौँ । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठुलो योगदान छ । उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताको बारेमा छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन ठुलो योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण