यादगार बिदाइको क्षण
कार्यालयबाट बिदाई दु:खदायी मात्र नभएर खुसीको क्षण पनि हो । दक्ष, उच्च नैतिक चरित्र रहेका कर्मचारी तथा सहकर्मीहरु बिदाई गर्नुपर्दा मन भारी हुन्छ । तर पनि उज्वल भविष्यको कामना गर्दै फेरि भेट्ने वाचा बिदाई गर्न बाध्य हुन्छौँ ।
कुनै ठाउँबाट बिदाई हुनुको मतलब नयाँ अवसर र नयाँ जीवनको सुरुवात पनि हो । कुनै संस्थामा लामो समय रहेर सेवा गरिरहन संस्थाको उद्देश्य, कार्यप्रणाली, कार्यवातावरण, वृत्ति विकासको अवसर जस्ता तत्वहरुले निकै ठूलो भूमिका खेल्छन् ।
विश्वविद्यालय अनुदान आयोगमा करिब ६ वर्ष काम गर्ने अवसर मिल्यो । हिजैजस्तो लाग्छ कार्यालय प्रवेश गरेको, तर लामै समय बितिसकेको रहेछ । यस समयावधिमा धेरै उतारचढाव र अवसरसँग साक्षात्कार हुने मौका मिल्यो । सुरुवाती चरणमा दर्ता शाखामा रहेर सेवाप्रवाह सुरु गरेपछि पछिल्ला समयमा अनुसन्धान तथा छात्रवृत्ति महाशाखा, अध्यक्षज्यूको सचिवालय, भण्डार शाखा र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सचिवालयमा रहेर काम गर्ने अवसर पनि मिल्यो ।
संस्थाको छवि उच्च रहेकाले उक्त संस्थामा काम गर्नु मेरो लागि सौभाग्यको विषय थियो । स्वच्छ मन र उच्च क्षमता प्रदर्शन गर्दै सेवा प्रवाहमा जोड दिइयो । यो समयवधिमा धेरै कर्मचारी सदस्यहरुसँग आत्मीयता अभिवृद्दि भयो । कतिपय अवस्थाका तीता-मीठा पलहरु मानसपटलमा याद बनी अझै पनि ताजा छन् ।
यसै बीचमा कतिपय सहकर्मी तथा अन्य कर्मचारीले उच्च शिक्षा हासिल गर्ने हेतुले जागिर छोडे त कतिले भइरहेको जागिर भन्दा उच्च तहको अवसर पाएकाले जागिरबाट राजीनामा दिए । यो अवधिमा लगभग १० भन्दा बढी कर्मचारी थप उज्ज्वल भविष्यका लागि कार्यालयबाट बाहिरिए र उहाँहरुलाई खुसीसाथ बिदाई गरियो ।
मिति २०८२ असार ३२ गते कार्यालयमा काम गर्ने मेरो अन्तिम दिन थियो । एक महिना अगावै आफू कार्यालयमा उपस्थित हुन नसक्ने व्यहोरा म कार्यरत सचिवालयका सम्पूर्ण कर्मचारी सदस्यलगायत पदाधिकारी र प्रशासनमा जानकारी गराएको थिएँ । नियमितजसो समयमा म कार्यालयमा हाजिर भए । कार्यालयको अन्तिम दिन भएकाले मेरो जिम्मेवारीमा रहेका केही काम सकाउने र मलार्इ सुम्पिएका जिम्मेवारी र काममा उपलब्ध गराइएका कार्यालय सामग्री जस्तै, ल्यापटप, डेस्कटप लगायत अन्य महत्वपूर्ण सामग्रीहरु सचिवालयमा हस्तान्तरण गर्ने सोच बनाएकी थिएँ ।
प्राय:जसो दिनमा कार्यालय समयमा आफूलाई ऊर्जाशील र सक्रिय महसुस गर्थें । दिन पनि हर्षित नै थिए, तर म एकाएक निराश भएँ । क्षमता र अनुभवले निखारिएका प्रगतिशील र समृद्ध सोचले ओतप्रोत सचिवालय कर्मचारी सदस्य तथा अन्य महाशाखा अन्तर्गत विभिन्न शाखामा कार्यरत हितैषी सहकर्मीको मुखबाट निस्केका न्याना बिदाईका शब्द, अनुभव र शुभकामना सुनें । यतिका वर्ष सँगै काम गरी आत्मीय सम्बन्ध कायम भई एकले अर्कोलाई हौसला अनि ऊर्जा जो थप्ने काम गर्यौँ, भावुक नहुने कुरै थिएन ।
सचिवालयभित्र विशेषगरी टिममा आधारित रही सौहार्द्धपूर्ण र सकारात्मक वातावरण निर्माण गरिनुले कर्मचारीहरुलाई कार्य उपलब्धिसहित काममा अभ्यस्त गराउन एक हदसम्म हौसला प्रदान गरेको छ ।
यद्यपी संस्थागत तहमा कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा प्रोत्साहनमा ठोस र व्यवस्थित कर्मचारी विकास योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन गर्न सकिएको खण्डमा संस्थागत दिगोपन र विशिष्टकृत सेवाप्रवाह सुनिश्चितता हुने कुरामा दुईमत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण