विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
शुक्रबार, ०९ साउन २०८२, ०६ : ३२
सारांश
- आज विधायन व्यवस्थापन समितिको बैठक जलस्रोत विधेयक, २०८१ माथि छलफल गर्न बस्दैछ।
- समितिको बैठक बिहान ११:४५ बजे सुरु हुनेछ भने दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक प्रस्तुत गर्नेछन्।
काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११:४५ बजे समितिको बैठक कक्षमा बस्नेछ । दिउँसो १ बजे भने सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण