कोल्डप्लेको कन्सर्टमा भाइरल बनेकी महिला अधिकारीले पनि दिइन् राजीनामा
सारांश
- अमेरिकी टेक कम्पनीकी चिफ पिपल अफिसरले सांगीतिक समूह कोल्डप्ले कन्सर्टमा सीईओसँग देखा परेकोमा विवादपछि राजीनामा दिएकी छिन्।
- कम्पनीका अनुसार, क्रिस्टिन क्याबोटले राजीनामा दिएकी हुन्, यसअघि पूर्व सीईओ एन्डी बायर्नले पनि राजीनामा दिएका थिए।
- म्यासाचुसेट्सको जिलेट स्टेडियममा कोल्डप्ले कन्सर्टको क्रममा ठुलो स्क्रिनमा देखिएको भिडियो भाइरल भएपछि राजीनामा भएको हो।
न्युयोर्क । एक अमेरिकी टेक कम्पनीकी चिफ पिपल अफिसरले राजीनामा दिएकी छिन्। चर्चि सांगीतिक समूह कोल्डप्ले कन्सर्टमा कम्पनीका सीईओसँग ठुलो पर्दामा देखा परेकोमा विवाद उत्पन्न भएपछि उनको राजीनामा आएको हो।
‘एस्ट्रोनोमरकी चिफ पिपल अफिसर क्रिस्टिन क्याबोट अब कम्पनीमा छैनन् र उनले राजीनामा दिएकी छिन्,’ कम्पनीले बीबीसीलाई एक विज्ञप्तिमा भनेको छ।
क्रिस्टिनभन्दा अगाडि, पूर्वसीईओ एन्डी बायर्नले गत हप्ता राजीनामा दिएका थिए। बायर्न उही व्यक्ति हुन् जससँग क्रिस्टिनलाई रंगशालाको ठुलो पर्दामा देखिएको थियो।
म्यासाचुसेट्सको जिलेट स्टेडियममा कोल्डप्ले कन्सर्टको क्रममा, स्टेडियमको ठुलो स्क्रिनमा एक पुरुष र एक महिला अङ्कमाल गरेर बसेको देखिएको थियो।
भिडियोमा क्यामेराले उनीहरूको अनुहार जुम गर्ने बित्तिकै तस्बिर हजारौँ दर्शकहरूले देखेका थिए। तर, दुवै जना अचानक टाउको निहुराएर क्यामेराबाट बच्न खोजेको पनि देखियो। त्यसपछि यसको भिडियो भाइरल भयो । पछि, उनीहरूको विवाहेत्तर सम्बन्धको बारेमा खुलासा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण