सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु, कम्तीमा ३० घाइते
सारांश
- राजस्थानको झालावाड जिल्लाको एक विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ।
- दुर्घटनामा कम्तीमा ३० जना घाइते भएका छन्, जसमा शिक्षकहरू पनि छन् र उनीहरूको उपचार भइरहेको छ।
- शिक्षामन्त्रीले घटनाको पुष्टि गर्दै उच्चस्तरीय अनुसन्धान गरिने बताएका छन् भने मुख्यमन्त्रीले दुःख व्यक्त गरेका छन्।
नयाँ दिल्ली । भारतको राजस्थान राज्यको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको एउटा सरकारी विद्यालयको छत भत्किँदा शुक्रबार बिहान तीन बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बताइएको छ ।
राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्युको पुष्टि गरेका छन् । सञ्चारमाध्यमहरूले भने मृतक बालबालिकाको सङ्ख्या कम्तीमा पाँच रहेको भन्दै समाचार छापेका छन् । दुर्घटना लगत्तै गाउँलेहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए ।
घाइतेहरूमा शिक्षकहरू पनि भएको बताइएको छ । हाल सबैलाई उपचारको लागि अस्पताल लगिएको छ । ‘विद्यालयको छत भत्किँदा दुःखद घटना भएको छ । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । कलेक्टर सहित शिक्षा विभागका अधिकारीहरूलाई पठाइएको छ ।’
शिक्षामन्त्री मदन दिलावरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको अनि यो दुर्घटना कसरी भयो भनेर पत्ता लगाउन उच्चस्तरीय अनुसन्धान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण