विभिन्न जिल्लाबाट लागूऔषधसहित १८ जना पक्राउ
सारांश
- विभिन्न जिल्लाहरूबाट लागूऔषधसहित १८ जना पक्राउ परेका छन्।
- महोत्तरी, मोरङ, कैलाली, दाङ, सुर्खेत, बाँके र लमजुङबाट लागुऔषधसहित व्यक्तिहरू पक्राउ परे।
- पक्राउ परेका व्यक्तिहरूबाट ब्राउनसुगर, खैरो हेरोइन, चरेस र अन्य लागूऔषध बरामद गरियो।
काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । महोत्तरी, मोरङ, कैलाली लगायतका जिल्लाहरूमा लागूऔषधसहित १८ जना पक्राउ परेका हुन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ काँटाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा धनगढीमाई नगरपालिका–७ बस्ने २४ वर्षीय प्रवेश यादव र धनुषा धनुषाधाम नगरपालिका–८ बस्ने ३२ वर्षीय प्रवेण अधिकारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ७७ प ५५०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–५ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित रतुवामाई नगरपालिका–६ बस्ने २९ वर्षीय मनोज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले को। ३५ प ५०२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकै विराटनगर महानगरपालिका–११ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका–९ बस्ने ३३ वर्षीय विकासकुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले रानीबाट विराटनगरतर्फ आउँदै गरेको प्र–१– ०२–००४ ह ३१५७ नम्बरको सिटि सफारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक विकासलाई पक्राउ गरेको हो ।
उता कैलालीको गोदावरी नगरपालिका–१ भरतपुरबाट चरेसजस्तो देखिने पदार्थ करिब ४ सय ६९ ग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी सुर्नया गाउँपालिका–३ बस्ने २८ वर्षीय चन्द्र सिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश विक रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै गोदावरी नगरपालिका–२ बाट चरेसजस्तो देखिने पदार्थ १ किलोग्राम सहित बझाङ छबिसपाथिभेरा गाउँपालिका(७ घर भएका ३९ वर्षीय गगन बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका–६ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय मागुराम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम र नगद ६ हजार ५ सय ५० रुपैयाँसहित तुलसीपुर उपमहानगरपालिका-१० पड्ढा बस्ने २४ वर्षीय विराट बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आर्यन शाहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले आर्यनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरीचोकबाट नियन्त्रित नाइट्राजेपाम २ सय ४३ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय कमल कार्की र सोही नगरपालिका–३ बस्ने २१ वर्षीय ध्वनिल मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय निरन्जन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यता लमजुङको सुन्दरबजार नगरपालिका–६ फेदिकुनाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६७ ट्याब्लेटसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने १९ वर्षीय मनिष नेपाली, २२ वर्षीय रिजन तामाङ, २२ वर्षीय कुशल रेग्मी र सोही नगरपालिका–७ बस्ने २५ वर्षीय सन्तोष कुमाल रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण