कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपिने
सारांश
- निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद थप हुने भएको छ।
- समितिलाई प्रतिवेदन बुझाउन दिइएको २१ दिनको समय साउन ११ गते सकिँदै थियो, त्यसैले ७ दिन म्याद थप गरिएको हो।
- विधेयकमा 'कुलिङ अप पिरियड' निष्कृय हुने प्रावधान फेला परेपछि छानबिनका लागि समिति गठन गरिएको थियो।
काठमाडौँ । निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको म्याद सात दिन थप हुने भएको छ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्नका लागि प्रस्ताव गर्नेछन् । आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा म्याद थप गर्ने प्रस्ताव राखिएको छ ।
समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिइएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिँदैछ ।समितिले थप समय मागेकाले ७ दिन म्याद थप गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ अप पिरियड’ को व्यवस्था विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निस्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेपछि समिति बनाइएको थियो ।
यसबारे समितिमा हंगामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा समिति बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण