भैरहवामा अत्यधिक गर्मी, विद्यालय बन्द गर्न आग्रह
शुक्रबार, ०९ साउन २०८२, १४ : ३८
सारांश
- बढ्दो गर्मीका कारण सिद्धार्थ नगरपालिकाले भैरहवाका विद्यालय तीन दिन बन्द गर्न आग्रह गरेको छ।
- नगरपालिकाले साउन ११ देखि १३ गतेसम्म विद्यालय बन्द गर्न सूचना जारी गरेको छ।
- भैरहवामा आज तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
बुटवल । रुपन्देहीको भैरहवामा अत्यधिक गर्मी बढेपछि सिद्धार्थ नगरपालिकाले विद्यालयहरू बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बढ्दो गर्मीका कारण विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर पर्ने भन्दै तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेका हुन्।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका संस्थागत, सामुदायिक एवं धार्मिक विद्यालयहरू आइतबार साउन ११ गतेदेखि १३ गते मंगलबारसम्म बन्द गर्न आग्रह गरेको छ । उक्त दिन कुनै पनि कक्षाको भइरहेको परीक्षा र राष्ट्रियस्तरका परीक्षा सञ्चालन गर्न भने बाधा नहुने जनाएको छ ।
भैरहवाको तापक्रम आज ३९ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण