सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गायक मीता बरोदामाथि आक्रमण

शुक्रबार, ०९ साउन २०८२, १५ : १२
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । हरियणामा गायक राहुल फाजिल पुरियापछि अब हरियाणाकै अर्का कलाकार(गायक) मीता बरोदामाथि आक्रमण भएको छ । बिहीबार साँझ गायक मीता बरोदा दुई–तीन जना साथीहरूसँग आफ्नो निर्माणाधीन फार्म हाउसमा गएका थिए ।

त्यहाँ मनजीत नाम गरेका एक व्यक्ति तीन–चार मान्छेहरूलाई लिएर  अनि मीतामाथि धमाधम गोली चलाउन थाले । मनजीतले मीतामाथि दुई गोली प्रहार गरे । 

तर तेस्रो गोली प्रहार गर्न सकेनन् । यसैबिच, आफ्नो ज्यान बचाउन मीताले मनजीतलाई समाते अनि उनको हातमा भएका दुई वटा पेस्तोल खोसे । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको गरिरहेको छ । 

राजनीतिक वैमनस्यताका कारण आफूमाथि ज्यान मार्ने उद्देश्यले सो आक्रमण भएको मीताको भनाइ छ । मनजीत कांग्रेसका विधायक इन्द्रराज नरवालका समर्थक रहेको बुझिएको छ । 

विधानसभा चुनाव भइरहँदा मीताले स्वतन्त्र उम्मेदवार डा. कपूर नरवालको पक्षमा गाउँमा कार्यक्रम आयोजना गरेको थिए । त्यतिवेला पनि मनजीतले कपूरलाई नरवालको समर्थनमा नउभिन मितालाई चेतावनी दिएका थिए । 

मनजीत आफ्ना तीन–चार जना साथीहरूलाई लिएर कारमा आएका थिए । उनले मीताका साथीलाई उनीबाट टाढा जान चेतावनी दिए अनि भटाभट गोली चलाउन थाले । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप