बागमती प्रदेश
बहादुरसिंह लामाजीमाथि अविश्वास पैदा भयो : इन्द्र बानियाँ
शुक्रबार, ०९ साउन २०८२, १६ : ५४
सारांश
- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बनियाँले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामामाथि अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
- बनियाँले अविश्वास प्रस्तावमा २१ जनाको हस्ताक्षर रहेको दाबी गरे।
- बनियाँका अनुसार, नेता लामाले प्रभावकारी काम नगरेको भन्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बनियाँले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन् ।
शुक्रबार हेटौँडास्थित प्रदेश संसदीय दलको कार्यालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि बानियाँले यस्तो बताएका हुन् ।बानियासहित २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनको दाबी छ ।
‘प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली कांग्रेसले विश्वासका आधारमा बहादुरसिंह लामाजीलाई दलको नेता बनाइयो’, बानियाँले भने, ‘त्यसपछि सहकार्यको आधारमा दुइ दल मिलेर सरकार बनाइयो । त्यसको नेतृत्व उहाँले गर्नुभयो । त्यो नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर भयो । विश्वासमाथि अविश्वास पैदा भएकाले दर्ता गर्नुपरेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण