प्राकृतिक प्रकोपले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैन : मन्त्री भण्डारी
सारांश
- श्रममन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्रीको भिजनलाई असर गरेको बताए।
- उनले रसुवा बाढी र मधेसमा परेको खडेरीले समृद्ध नेपालको सपना पूरा हुन नसकेको बताए।
- मन्त्री भण्डारीले मधेस प्रदेशको संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताएका छन् ।
शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था रहेको बताए ।उनले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजनलाई प्राकृतिक विपत्तिहरूले असर गरिरहेको बताए ।
रसुवा बाढी, मधेसमा सुक्खाग्रस्त हुनु जस्ता विपद्ले पनि समृद्ध नेपालको सपना साकार हुन नसकिरहेको बताए । मन्त्री भण्डारीले भने, ‘कहीँ अनावृष्टि, कतै अतिवृष्टि र कतै पानी नपरेको अवस्थामा जुन प्रकृतिको प्रकोप र मारमा परेका छौँ । प्रधानमन्त्रीज्युले बारम्बार भन्ने गर्नुहुन्छ, यो मुलुकको समृद्धिको लागि, जनताको सुखको लागि समृद्ध नेपाल सुखी नेपालीको उहाँको जुन भिजन छ । जसलाई बेला बेलामा यस्ता किसिमका प्रकृतिका प्रकोपले असर पारिरहेको छ । रसुवामा त्यत्ति ठुलो बाढी आयो । अहिले मधेसमा सुक्खाग्रस्त छ । यस्तो विषम परिस्थितिमा पनि कुशल नेता र नेतृत्वले गर्नुपर्ने निर्णयहरू तत्काल गरिएका छन् ।’
मन्त्री भण्डारीले मधेस प्रदेशको परिस्थितिलाई मध्यनजर राखेर सङ्कट ग्रस्त र सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण