नोभेम्बर १० मा विवाह बन्धनमा बाँधिदै रणवीर–दीपिका, यहाँ हुनेछ विवाह
एजेन्सी । दीपिका पाडुकोण र रणवीर कपुरको विवाहको मिति तय भएको छ ।
मिडिया रिपोर्टका अनुसार यही वर्षको नोभेम्बर १० मा दुई जना विवाह बन्धनमा बाँधिने छन् । यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको थियो ।
यद्यपि, केही कारणले विवाह १० दिनअघि सारिएको छ । दुवै परिवार यो मितिका लागि राजी भइसकेका छन् ।
यसअघि, दुई जनाले जनवरीमा नै विवाह गरिसकेको समाचारहरु पनि बाहिर आएको थियो ।
रिपोर्टका अनुसार दीपिका पाडुकोणको जन्मदिन ५ जनवरीका दिन उनीहरुको विवाहको मिति तय भएको थियो । त्यतिबेला दुवै परिवार मालदीभ्समा छुट्टी मनाउन पुगेका थिए ।
दुवै परिवारले विवाह तयारी धुमधामले शुरु गरिसकेका छन् ।
यसअघि रणवीर–दीपिकाले उदयपुरमा विवाह गर्ने बताइएको थियो । तर, अहिले विवाह बैंगलुरु वा इटालीमा हुनेछ । त्यसपछि साथी तथा समकक्षीहरुलाई मुम्बईमा रिसेप्शन होस्ट गरिनेछ ।
दीपिका र रणवीरले आफ्ना कर्मचारीहरुको तीन महिना (अक्टुबर, नोभेम्बर र डिसेम्बर) को छुट्टी रद्द गरिसकेका छन् । यसले पनि उनीहरुको विवाह चाँडै हुने संकेत गर्छ ।
यति मात्र होइन, विवाहकै कारण रणवीर अभिति रोहित शेट्टीको निर्देशनमा बनिरहेको चलचित्र सिम्बाको शुटिङ पनि चाँडै सक्ने प्रयास भइरहेको छ । रोहितले यसबारे जानकारी दिइसकेका छन् ।
यता, रणवीरले पनि कुनै नयाँ प्रोजेक्टमा हस्ताक्षर गरेका छैनन् । उता, दीपिकाले पनि पद्मावतपछि कुनै चलचित्र साइन गरेकी छैनन् ।
पद्मावत पछि उनले विशाल भारद्वाजको निर्देशनमा बनिरहेको ग्याङस्टर ड्रामा चलचित्र गर्ने भनिए पनि इरफान खान अस्वस्थ भएपछि यसको सुटिङ शुरु नै हुन पाएन ।
दीपिका अक्टुबरदेखि डिसेम्बरसम्म डेट फ्रि राख्न चाहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण