अपडेट
झापामा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ
शनिबार, १० साउन २०८२, १६ : ३१
सारांश
- प्रहरीले लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा गोली चलायो।
- काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले गोली चलाएको हो।
काठमाडौँ । लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको हो ।
ब्युरोका एसएसपी कृष्ण कोइरालाले गोली चलाएर आरोपीलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार भद्रपुरमा कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
सो क्रममा आरोपी मोहम्मद इस्लामको खुट्टामा गोली लागेको छ । दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो । उनको साथबाट करिब १२० ग्राम खैरो हिरोइन बरामद भएको छ भने घाइते भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण