चुनावको मुखमा नीतीश कुमारले बढाए पत्रकारको पेन्सन
बिहार । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पत्रकारहरूको लागि प्रतिमहिना ६ हजार रुपैयाँको पेन्सन रकम बढाएर १५ हजार रुपैयाँ पुर्याएका छन्। नीतिश कुमारले सामाजिक सञ्जाल प्लेटफर्म एक्स र फेसबुकमार्फत शनिबार यो जानकारी दिएका हुन् ।
मुख्यमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि बिहार पत्रकार सम्मान पेन्सन योजना अन्तर्गत अब विभागलाई प्रत्येक महिना सबै योग्य पत्रकारहरूलाई ६,००० रुपैयाँको सट्टा १५,००० रुपैयाँ पेन्सन रकम प्रदान गर्न निर्देशन दिइएको छ।’
उनका अनुसार पत्रकार सम्मान पेन्सन योजना अन्तर्गत पेन्सन प्राप्त गर्ने पत्रकारहरूको मृत्यु भएमा उनीहरूका आश्रित पति र पत्नीलाई पनि जीवनभर प्रति महिना ३,००० रुपैयाँको सट्टा १०,००० रुपैयाँ पेन्सन रकम दिइनेछ । बिहार विधानसभा चुनाव आगामी नोभेम्बरमा हुनेछ । यसअघि नीतीश कुमार लोकप्रिय घोषणा गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण