गाजामा तुरुन्तै हवाई सहायता पुनः सुरु गर्दै युएई
आइतबार, ११ साउन २०८२, ११ : १०
सारांश
- युएईले गाजामा हवाई सहायता तुरुन्तै सुरु गर्ने घोषणा गरेको छ।
- युएईका विदेशमन्त्रीले मानवीय अवस्था गम्भीर बनेको भन्दै सहयोगको प्रतिबद्धता जनाएका छन्।
- इजरायलले अन्य देशहरूलाई गाजामा सहायता पुर्याउन अनुमति दिने बताएको छ।
आबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई)ले गाजामा तुरुन्तै हवाई सहायता सुरु गर्ने बताएका छन् । त्यहाँका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै यो घोषणा गरेका हुन् ।
‘गाजामा मानवीय अवस्था गम्भीर स्तरमा पुगेको छ । संयुक्त अरब इमिरेट्स प्यालेस्टिनी जनतालाई जीवन बचाउने सहायता प्रदान गर्ने प्रयासमा अग्रपङ्क्तिमा छ’ पोस्टमा उनले भनेका छन् । ‘हामी यो सुनिश्चित गर्नेछौँ कि आवश्यक सहायता सबैभन्दा बढी आवश्यकता धेरै भएकाहरूसम्म पुगोस्, चाहे त्यो भूमि, हवाई वा समुद्री मार्ग जुनसुकैबाट होस् । हवाई सहायता तुरुन्तै पुनः सुरु हुँदैछ’ उनले भनेका छन् ।
इजरायलले अन्य देशहरूलाई गाजामा सहायता पुर्याउन अनुमति दिने भनेको छ । यसैबिच युएईले यो घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण