मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला

आइतबार, ११ साउन २०८२, १२ : १४
आइतबार, ११ साउन २०८२

सारांश

  • कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ सालको दसैँमा हुने बताए।
  • उनले कांग्रेसको १५औँ महाधिवेशन पनि पाँच वर्षमै हुने जानकारी दिए।
  • सिटौलाले क्रियाशील सदस्यता असोज मसान्तसम्म टुंग्याइने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन् । 

आइतबार पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’ उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए । 

‘चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष अबको मङ्सिरमा पुरा हुन्छ । अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौ’, सिटौलाले भने, ‘८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन । गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप