वाइडबडी विमान खरिद प्रकरण : अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन माग
सारांश
- सांसद कमला पन्तले मुलुकमा सुशासनको अभाव र भ्रष्टाचार मौलाएको बताइन्।
- उनले राज्यका अंगहरूप्रति घट्दो जनविश्वास र कर्मचारीतन्त्रमा हुने अनियमितताप्रति चिन्ता व्यक्त गरिन्।
- पन्तले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार प्रमुखमाथि कारबाही नभएको भन्दै महाअभियोगको माग गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी गरेकी हुन् । राज्यका प्रमुख अङ्गहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
उनले राजनीतिक दलहरूबिचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबिच समेत विश्वासको संकट बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन् । उनले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरूले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन् ।
उनले भनिन्,‘अहिले हाम्रो देशको प्रमुख समस्या सुशासन हो । यसले सदाचारिताको संस्कृतिलाई मार्दै गयो । र भ्रष्टाचार तथा अनियमिततालाई प्रोत्साहन गर्दै गएको छ । त्यसैले अहिलेको समस्याप्रति म केही ध्यानाकर्षण गराउन चाहन्छु । राज्यका प्रमुख अंगहरुप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्किँदै गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ । सेवा प्रदायक र सेवाग्राहीको बीचमा पनि विश्वसनीयता छैन । अविश्वास बढेको छ । सेवाग्राहीले सेवा सहज ढङ्गले प्राप्त गरेको अवस्था छैन । र टेबुलमुनिबाट कारोबार हुन्छ रे भन्ने पनि सुन्नमा आएको छ । यो एउटा गम्भीर समस्या हो ।’
सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन् ।
उनले दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण