बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाजामा थप राहत सामग्री पठाउने निर्णयप्रति इजरायली मन्त्रीहरू नै असन्तुष्ट

आइतबार, ११ साउन २०८२, २० : ५९
आइतबार, ११ साउन २०८२

काठमाडौँ । इजरायलले गाजामा थप राहत सामग्री पठाउने निर्णयप्रति इजरायली मन्त्रीहरूले नै असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सुरक्षा मन्त्री इतेमार बेन–गुएरले गाजामा मानवीय सहायता बढाउने उपायहरूमा प्रधानमन्त्री कार्यालयले गरेको छलफलमा आफूलाई जानाजानी समावेश नगरिएको बताए । 

एक अधिकारीले उनलाई शनिबार राति सुरक्षा बैठक बोलाइएको बताएका थिए । तर यसमा आफूलाई आमन्त्रित नगरिएको सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन् । 

अति दक्षिणपन्थी नेता मानिने इतेमार बेन–गुएरले सरकारको निर्णयलाई लज्जास्पद र अपमानजनक भनेर वर्णन गरेका छन् । आफू यो निर्णयसँग लड्ने पनि उनले बताए । इजरायलले गाजाका केही भागहरूमा आफ्नो सैन्य गतिविधिहरूमा ‘रणनीतिक रोक’को घोषणा गरेको छ ।

गाजामा मानवीय सहायताको मात्रा बढाउन यो कदम चालिएको इजरायल रक्षा बल (आईडीएफ)ले आफ्नो विज्ञप्तिमा भनिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप