टेस्ला र सामसङले गरे साढे १६ अर्ब डलरको चिप आपूर्ति सम्झौता
सारांश
- टेस्ला र सामसङबीच १६.५ बिलियन डलरको सम्झौता भएको छ, जसमा सामसङले टेस्लालाई चिप्स उपलब्ध गराउनेछ।
- सम्झौताले सामसङको चिप बनाउने व्यवसायलाई टेवा पुर्याउनेछ, जसले शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ।
- यो सम्झौता २०२३ सम्म चल्नेछ र सामसङले एआई ६ चिप बनाउनेछ।
सोल । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले दक्षिण कोरियाली कम्पनी सामसङसँग साढे १६ अर्ब डलरको एउटा सम्झौता गरेको छ । कम्पनीका सीईओ खर्बपति अमेरिकी व्यापारी एलन मस्कले यो सम्झौताको बारेमा बताएका हुन् ।
सम्झौता अन्तर्गत सामसङले टेस्लालाई चिप उपलब्ध गराउनेछ । यसले सामसङको घाटामा गइरहेको करारमा चिप बनाइदिने व्यवसायले केही टेवा पाउने आशा गरिएको छ ।
यो खबर आएपछि सोमबार हप्ताको पहिलो दिनको कारोबारमा सामसङको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको थियो । टेक्ससमा रहेको कम्पनीको नयाँ कारखानाले टेस्लाको लागि नयाँ पुस्ताको एआई ६ चिप बनाउने मस्कले सोमबार एक्समा एउटा पोस्टमा भनेका थिए । सामसङले यस अघि ग्राहकको नाम नखुलाईकन साढे १६ अर्ब डलरको सम्झौताबारे बताएको थियो ।
ग्राहकले नै नाम गोप्य राखिदिन अनुरोध गरेको कम्पनीको भनाइ थियो । सम्झौता २०३३ को अन्त्यसम्म चल्नेछ । पछिल्लो समय सामसङको करारमा चिप बनाइदिने व्यवसायको बजार हिस्सा ताइवानी कम्पनी टीएसएमसीले आफ्नो पोल्टामा पारिरहेको थियो ।
एआई चिप बनाउने दौडमा कम्पनीमाथि दबाब बढिरहेको समयमा यो सम्झौता भएको हो । सामसङ विश्वको सबैभन्दा ठुलो चिप निर्माता कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण