नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन : वर्षमान पुन
सारांश
- वर्षमान पुनले पार्टी नेतृत्व कमजोर पार्ने प्रयास राम्रो नभएको बताए ।
- पार्टीभित्र पर्याप्त जनवाद र छलफल भए पनि बाहिर कुरा राख्दा अराजकता आउने उनको भनाइ छ ।
- उनले अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको विवादबारे असन्तुष्टि जनाए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने गरी विवाद बाहिर ल्याउनु राम्रो नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रसँगको भिडियो अन्तर्वार्तामा पुनले पार्टीभित्र आन्तरिक जनवादको राम्रो अभ्यास भएको जिकिर गरे ।
‘पदाधिकारी, स्थायी समिति बैठकमा अढाई घण्टासम्म पार्टीको कार्यदिशा र नेतृत्वबारे बहस भयो । परामर्श बैठक हुँदै केन्द्रीय समितिमा आइपुग्दा एक खालको एकता पनि पैदा भयो । पार्टी रूपान्तरणका लागि व्यवहारमै हेरौँ भनेर हामी ६ महिना अभियानमा गयौँ । यसले जनतामा माओवादी उत्साह पैदा भइरहेको थियो’, उनले भने, ‘पार्टीभित्र पर्याप्त जनवाद, छलफल गर्ने अनि फेरि आफ्नो कुरा बाहिर पनि राख्ने राम्रो भएन । यसले पार्टीभित्र अराजकता ल्याउँछ, अनावश्यक गुटबन्दी हुन्छ । नेतृत्वले राम्रो गर्दा राम्रो भन्न सक्नुपर्छ ।’
अर्का उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै उनले सबैतिर राम्रो भनिरहेको अवस्थामा नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिचको विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण