तत्कालै निःशर्त युद्धविराम गर्न कम्बोडिया र थाइल्यान्ड सहमत
सारांश
- थाइल्यान्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन्, जुन मध्यरातबाट लागू हुनेछ।
- मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले यसलाई शान्ति स्थापनाको पहिलो कदम भनेका छन्।
- सीमामा भएको लडाइँमा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो र ३ लाख मानिस विस्थापित भए।
बैंकक । थाइल्यान्ड र कम्बोडियाले तत्कालै युद्धविराम गर्न सहमति जनाएका छन् ।
स्थानीय समयअनुसार मध्यरातिदेखि लागु हुने गरी तत्कालै अनि निःशर्त युद्धविराम हुने मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भनेका छन् । तनाव कम गर्न र शान्ति र सुरक्षा स्थापित गर्नेतर्फ अनवरले यसलाई महत्त्वपूर्ण पहिलो कदम भनेका छन् ।
जुलाई २४ मा दुई देशको सीमामा लडाई शुरु भएयता कम्तीमा ३३ जनाको मृत्यु भइसकेको छ । यो वार्तालाई कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले निकै राम्रो भनेका छन् ।
द्वन्द्वका कारण दुबै तर्फ सीमामा ३ लाख मानिस विस्थापित भएका थिए । वार्तामा रचनात्मक संलग्नताका लागि थाई समकक्षी फुमाथाम वेचायाचाई हुनले धन्यवाद भनेका छन् । युद्धविराम लागू भएपछि मंगलबार बिहान ७ बजे दुई देशका सेनाका कमान्डरहरूले अनौपचारिक बैठक बस्ने अनवरले भनेका छन् ।
त्यसपछि अगष्ट ४ मा रक्षा अधिकारीहरूको भेटघाट हुनेछ । वार्ताको नतिजाले दुबै पक्षका जनतालाई सामान्य अवस्थामा फर्किन अनेकौँ अवसर उपलब्ध गराउनेमा हुन आशावादी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण