‘क्युआर काण्ड’ छानबिन गर्न माओवादीको माग, मुख्यमन्त्रीकै संरक्षण रहेको आरोप
सारांश
- कोशी प्रदेश सरकारका मन्त्री सदानन्द मण्डलले क्यूआर कोडमार्फत रकम मागेको आरोप लागेपछि प्रदेश सभामा विवाद भएको छ।
- माओवादी केन्द्रले मन्त्री मण्डलको स्पष्टीकरण अस्वीकार गर्दै मुख्यमन्त्री कार्कीकै संरक्षण रहेको आरोप लगाएको छ, उच्चस्तरीय छानबिनको माग गर्दै।
- मन्त्रीले आफ्नै सहयोगीलाई नचिनेको भन्दै दिएको बयानले घटनालाई थप रहस्यमय बनाएको छ, जसले सरकारको चरित्र र जनताको धारणामाथि प्रश्न उठाएको छ।
विराटनगर । कोशी प्रदेश सरकारका मन्त्री सदानन्द मण्डलले क्यूआर कोडमार्फत रकम मागिएको प्रकरणले प्रदेश सभा तातेको छ ।
मन्त्री मण्डलले आइतबारको प्रदेशसभामा क्यू आर पठाएको विषयमा स्पष्टीकरण दिएका थिए । सो स्पष्टीकरणलाई माओवादी केन्द्रले भने अस्वीकार गरेको छ ।
माओवादी सांसद गणेश उप्रेती सुशीलले सोमबारको प्रदेशसभा बैठकमा यस प्रकरणमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै संरक्षण रहेको आरोप लगाए । उच्चस्तरीय छानबिनको माग गरे ।
‘कुनै पनि भ्रष्टाचारीले मैले भ्रष्टाचार गरेँ भनेर स्वीकारेको इतिहास छैन, तर मन्त्रीज्यूले घुमाउरो पाराले क्यूआर पठाएको स्वीकार्नुले नै भ्रष्टाचार भएको पुष्टि हुन्छ,’ उप्रेतीले भने । उनले यो प्रकरणले सरकारको समग्र चरित्र उदाङ्गो पारेको भन्दै मुख्यमन्त्री कार्कीको मौनता र लाचारी भएको भन्दै गम्भीर प्रश्न उठाए । ‘क्याबिनेटकै मन्त्रीमाथि भ्रष्टाचारको गम्भीर आरोप लाग्दा मुख्यमन्त्री आनन्द मानेर बस्नुले यो सरकार लुट्नकै लागि बनेको हो भन्ने जनआवाजलाई बल पुगेको छ,’ उप्रेतीले भने ।
आइतबार सदनमा मन्त्री मण्डलले आफूलाई ‘राजनीतिक षड्यन्त्रको शिकार’ बताउँदै आफ्ना सहयोगी अमृतकुमार मेहतालाई ‘अनाधिकृत र अपरिचित व्यक्ति’ को संज्ञा दिएका थिए ।
तर, तिनै व्यक्तिलाई मन्त्रीले आफ्नो सचिवालयमा हर्ताकर्ता बनाएर राखेको र उनीमार्फत नै कर्मचारीसँग रकम मागेको तथ्य सार्वजनिक भइसकेको छ । मन्त्रीले आफ्नै सहयोगीलाई नचिनेको भन्दै दिएको बयानले घटनालाई थप रहस्यमय र शंकास्पद बनाएको छ । माओवादीले मन्त्रीको दल नेपाली कांग्रेसको मौनतामाथि पनि प्रश्न उठाएको छ ।
क्यूआर काण्डले प्रदेश सरकारप्रति जनताको धारणा नकारात्मक बनेको भन्दै उप्रेतीले सरकारले तत्काल छानबिन गरेर सत्यतथ्य सदन र जनतासमक्ष स्पष्ट पार्नुपर्ने माग गरे । केन्द्रीय क्याबिनेटमा घुस खानेहरूको बाहिर आइरहँदा पनि प्रधानमन्त्री आनन्द मानेर बसिरहेको भन्दै उप्रेतीले मुख्यमन्त्रीले पनि त्यही सिको गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण