सुक्खाग्रस्त मधेसका किसानका लागि कृषि ऋणमा छुट र सिँचाइको व्यवस्था गर्न मोर्चाको माग
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाको बैठकले किसानहरूलाई कृषि ऋण, खानेपानी र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
- मोर्चाले चुरे वन क्षेत्रको संरक्षण, जलाशय निर्माण र पर्यावरण संकटबाट जोगाउन ठोस उपाय अपनाउन आग्रह गरेको छ।
- मोर्चाले अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ र विभिन्न कार्यक्रमहरू समन्वय गर्ने निर्णय गरेको छ।
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठक तीन वटा निर्णय गर्दै सम्पन्न भएको हो ।
तराई मधेसका सुक्खाग्रस्त, सङ्कटग्रस्त क्षेत्रका किसानहरूलाई कृषि ऋणमा छुटका साथै तत्काल खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि डिपबेल बोरिङको व्यवस्था गर्न माेर्चाकाे बैठकले सरकारसँग माग समेत गरेको छ ।
यसका साथै दीर्घकालीन रूपमा यस्तो सङ्कटबाट जोगाउन चुरे वन क्षेत्रको संरक्षण र जलाशय निर्माणका साथै पर्यावरण सङ्कटबाट तराई मधेसका जनताहरूलाई जोगाउन ठोस उपायहरू अवलम्बन गर्न समेत सरकारलाई आग्रह गरिएको छ ।
उक्त सुक्खाग्रस्त क्षेत्रका किसानहरूको आगामी फसलको लागि कृषि ऋण, मलखाद, सिचाइ, बिउ बिजन, कीटनाशक औषधि उपलब्ध गराउनु पर्दछ र यस क्षेत्रमा किसानहरूलाई उपरोक्त सामग्रीहरू सहित विशेष सहुलियत स्वरूप अनुदान पनि उपलब्ध गराउन मोर्चाको बैठकले माग गरेको छ ।
अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग मोर्चाको सहकार्य गर्ने नीति तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीलाई पहिलो चरणमा संवाद गर्ने निर्णय गरिएको छ ।
मार्चाकाे बैठकले यसअघि तय गरिएका विभिन्न जिल्लाका कार्यक्रमहरूको समन्वय मोर्चामा आबद्ध विभिन्न पार्टीहरूले गर्ने निर्णय समेत गरेकाे छ ।
यही साउन १८ गते काठमाडौँमा हुने कार्यक्रम संयुक्त रूपमा गरिने भएको छ । त्यस्तै साउन २१ गते भैरहवा हुने कार्यक्रमको समन्वय नागरिक उन्मुक्ति पार्टीले गर्ने निर्णय गरिएको छ ।
मोर्चाद्वारा यसअघि तय गरिएका विभिन्न जिल्लाका कार्यक्रमहरुको समन्वय तल उल्लेखित पार्टीहरुले गर्ने निर्णय गरेको छ ।
– २०८२/०४/१८ काठमाडौं संयुक्त
– २०८२/०४/२१ भैरहवा नाउपा
– २०८२/०४/२३
नेपालगन्ज–
– २०८२/०४/२५– कैलाली नाउपा
– २०८२/०५/१६
विराटनगर जसपा नेपाल
– २०८२/०५/१८ – राजविराज
– २०८२/०५/२०
जनकपुर
राष्ट्रिय मुक्ति पार्टी नेपाल
तमलोपा
– २०८२/०५/२२ बिरगंज लोसपा नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण