धनगढीमा ७ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
सारांश
- धनगढीमा प्रहरीले दुई स्थानबाट ७ ग्राम बढी खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले दुईवटा मोटरसाइकलसहित धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
धनगढी । कैलालीको धनगढीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट करिब साढे सात ग्राम लागू औषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीका अनुसार, धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिक सु।प।प्र। ०१००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। लागू औषध नियन्त्रण व्युरो, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले मोटरसाइकलमा सवार धनगढी–७ का १९ वर्षीय जीवन मल्ल र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलमा प्र।३–०२–००७ प ५५२० नम्बरको मोटरसाइकल जाँच गर्दा ३ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। प्रहरीले मोटरसाइकलमा सवार धनगढी–१४ का २५ वर्षीय सुभम राना र सेवा रानालाई पक्राउ गरेको हो।
दुई घटनामा गरी प्रहरीले जम्मा ७ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन र २ वटा मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण