बागमतीका आर्थिक मामिलामन्त्री काफ्ले विदेशबाट फर्किए, संसदीय दलको बैठकमा सहभागी हुने
सारांश
- आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरिया भ्रमण सकेर काठमाडौं फर्किए।
- मुख्यमन्त्री लामालाई हटाउन अविश्वास प्रस्तावमा छलफलका लागि बैठक स्थगित भयो।
- मन्त्री काफ्लेको अनुपस्थितिका कारण कांग्रेस संसदीय दलको बैठक सारियो।
हेटौँडा । बागमतीका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरिया भ्रमण सकेर मंगलबार काठमाडौँ आइपुगेका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउन कांग्रेस संसदीय दलमा पेस भएको अविश्वास प्रस्तावमाथि छलफलको तयारी भइरहँदा मन्त्री काफ्ले विदेशमा रहेकै कारण सोमबार बैठक स्थगित गरेर मंगलबारका लागि सारिएको थियो ।
मुख्यमन्त्री लामाकै प्रस्ताव अनुसार सोमबार बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेका लागि भन्दै सारिएको थियो । कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री लामाले आफ्ना केही साथी विदेशमा रहेको भन्दै उनीहरू नआउन्जेलसम्मका लागि संसदीय दलको बैठक नराख्न प्रस्ताव गरेका थिए ।
केन्द्रबाट विवाद समाधान गर्नका लागि गएका प्रतिनिधि राजन केसी पनि मुख्यमन्त्री लामाकै प्रस्ताव अनुसार बैठक सार्न सहमत भएका थिए ।
मुख्यमन्त्री लामाकै पक्षमा रहेकी मन्त्री हरिप्रभा खड्गीका अनुसार आर्थिक मामिलामन्त्री काफ्ले काठमाडौँमा आइपुगेको जानकारी प्राप्त भएको छ । ‘उहाँ हेटौँडा आइपुगेपछि संसदीय दलको बैठक बस्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण