शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

बागमती प्रदेश : कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन प्रदेश समिति बैठक बस्दै

मङ्गलबार, १३ साउन २०८२, १३ : ४०
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • बागमती प्रदेश सभा संसदीय दलको बैठकले दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गर्‍यो।
  • अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो, जसले नेता पद रिक्त गर्‍यो।
  • नयाँ नेता चयनका लागि मंगलबार प्रदेश समितिको बैठक बस्ने र निर्वाचनको मिति तोकिनेछ।

मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको बैठकले दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गरेसँगै संसदीय दलको नेता पद रिक्त भएको छ ।

केहीबेर अघि संसदीय दलको बैठकमा अविश्वास प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो ।

कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता पद रिक्त भएसँगै नयाँ नेता चयन गर्न प्रक्रिया अघि बढाइने भएको छ ।

मंगलबार दिउँसो ३ बजे नेपाली कांग्रेस बागमती प्रदेश समितिको बैठक बसेर संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउनेबारे निर्णय गर्ने भएको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिको सभापति इन्द्र बानियाँ छन् । उनकै अग्रसरतामा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव ल्याइएको थियो ।

बानियाँ नै संसदीय दलको नेता बन्ने होडमा छन् । कांग्रेस प्रदेश कार्यसमितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति घोषणा गर्ने प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘दिउँसो ३ बजे प्रदेश कार्यसमितिको बैठक बस्छ,’ श्रेष्ठले रातोपाटीसँग भने, ‘त्यसपछि संसदीय दलको नेता चयनसम्बन्धी मिति तोकिन्छ ।’

सम्भवतः बुधबार संसदीय दलको नेता पदका लागि निर्वाचन हुन सक्ने श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप