ओभलमा गौतम गम्भीर र कर्मचारीबिच भनाभन
सारांश
- ओभलमा भएको प्रशिक्षणमा भारतीय प्रशिक्षक गौतम गम्भीर र मैदान कर्मचारीबीच भनाभन भयो।
- प्रशिक्षणको क्रममा पिच निरीक्षण गर्दा मैदान कर्मचारीले २.५ मिटर पर बस्न भनेपछि विवाद सुरु भयो।
- यो घटना भारत र इङ्ल्याण्डबीचको प्रतिस्पर्धात्मक शृङ्खलाको एउटा अंश हो।
सर्रे । इंग्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्टअघि ओभलमा भएको प्रशिक्षण सत्रमा भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर र सर्रेका प्रमुख मैदान कर्मचारी ली फोर्टिसबिच भनाभन भएको छ।
प्रशिक्षण सत्रको भिडियो फुटेजमा गम्भीरले फोर्टिसलाई औँला देखाउँदै ‘तपाईंले हामीलाई के गर्ने भनेर भन्न सक्नुहुन्न’ भनिरहेको सुन्न सकिन्छ।
घटनापछि भएको पत्रकार सम्मेलनमा उपस्थित भारतीय ब्याटिङ प्रशिक्षक सितांशु कोटकले प्रशिक्षकहरू पिचको निरीक्षण गरिरहेका बेला उनीहरूलाई त्यहाँबाट हट्न भनिएको बताए। कोटकले भने, ‘जब हामी पिचमा उभिएर हेरिरहेका थियौँ, एक मैदानकर्मी आएर २.५ मिटर पर उभिन भन्नुभयो। मेरो क्रिकेट करियरमा मैले कसैले यस्तो भनेको सुनेको थिइनँ।’
उनले थपे, ‘उहाँले हेड कोचलाई ‘तपाईं डोरीबाहिर गएर पिच हेर्नुहोस्’ भन्नुभयो। त्यसरी कसरी हेर्न सकिन्छ, मलाई थाहा छैन। यदि कसैले पिचमा केही राखिरहेको वा स्पाइक्स लगाएको भए क्युरेटरलाई आपत्ति लाग्न सक्छ, तर यो भनाइको तरिका निकै अनौठो थियो।’
यो घटना दुई टोलीबिचको यस तातो र प्रतिस्पर्धात्मक शृङ्खलाको पछिल्लो कडी हो। म्यानचेस्टरमा भएको चौथो टेस्टमा रवीन्द्र जडेजा र वाशिङ्टन सुन्दरले शतक बनाएपछि बराबरीको घोषणामा विपक्षी खेलाडीको हात मिलाउन अस्वीकार गरेका थिए।
यसअघि लर्ड्समा भएको तेस्रो टेस्टमा पनि भारतीय कप्तान शुभमन गिलले इंग्ल्याण्डले ‘खेल भावनाविपरीत’ समय खेर फाल्ने रणनीति अपनाएको आरोप लगाएका थिए।
इंग्ल्याण्ड पाँच खेलको शृङ्खलामा २-१ ले अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण