बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्मृतिलाई उछिन्दै नेट स्काइवर-ब्रन्ट बनिन् नम्बर १

मङ्गलबार, १३ साउन २०८२, २१ : ०८
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • इंग्ल्यान्डकी कप्तान नेट स्काइवर-ब्रन्ट महिला एकदिवसीय क्रिकेटमा नम्बर १ ब्याटर बनिन्, स्मृति मन्धाना दोस्रो स्थानमा झरिन्।
  • भारतकी कप्तान हर्मनप्रीत कौर ११औँ स्थानमा उक्लिँदै ४००० रन पार गर्ने तेस्रो भारतीय महिला ब्याटर बनिन्।
  • जेमिमा रोड्रिगेज १३औँ स्थानमा पुगिन् भने सोफी एक्लेस्टोन बलिङतर्फ शीर्ष स्थानमा यथावत रहिन्।

काठमाडौँ । इंग्ल्याण्डकी कप्तान नेट स्काइवर-ब्रन्टले भारतकी ओपनर स्मृति मन्धानालाई पछि पार्दै महिला एकदिवसीय क्रिकेटको नयाँ नम्बर १ ब्याटर बनेकी छन्। हालै सम्पन्न तीन एकदिवसीय सिरिजमा उनले ५३.३३ औसतका साथ १६० रन बनाउँदै सिरिजकी सर्वाधिक रन बनाउने खेलाडी बनेकी थिइन् ।

यसैबिच, मन्धाना एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेकी छन्। भारतकी कप्तान हर्मनप्रीत कौर भने १० स्थान उक्लँदै ११औँ स्थानमा आएकी छन्। उनले सिरिजमा १२६ रन बनाएकी थिइन्, जसमा अन्तिम खेलमा बनाएको १०२ रन प्रमुख थियो। उक्त पारीकै मद्दतले भारतले सिरिज २-१ ले जित्यो। साथै, हर्मनप्रीत ४००० रन पार गर्ने भारतकी तेस्रो महिला ब्याटर बनेकी छन् ।

त्यस्तै, जेमिमा रोड्रिगेज पनि दुई स्थान उक्लँदै १३औँ स्थानमा पुगेकी छन्। उनले तीन खेलमा १०१ रन बनाइन्, जसमा पहिलो खेलमा ४८ र अन्तिम खेलमा ५० रनको योगदान थियो।

दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ट तेस्रो स्थानमा रहँदा, अस्ट्रेलियाकी एलिस पेरी र कप्तान एलिसा हिली क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।

बलिङ सूचीमा इंग्ल्याण्डकी स्पिनर सोफी एक्लेस्टोन अझै पनि शीर्ष स्थानमा छन्। भारतविरुद्धको सिरिजमा उनले ५ विकेट लिँदै दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनिन्। बलिङ सूचीको शीर्ष पाँचमा एश्ली गार्डनर, मेगन शुट, दीप्ति शर्मा र किम गर्थ छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप