१२ बजे १२ समाचार: विद्या बारे बहसमै रोक, जीवित बालिकालाई प्रहरीद्वारा मृत घोषणा
आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. जीवित बालिकालाई प्रहरीले नै मृतक बनाएपछि...
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक जीवित बालिकालाई मृत्यु भएको भनेर घोषणा गरिदिएको छ ।
हाल नोबेल अस्पतालको एनआईसीयूको भेन्टिलेटरमा उपचाररत विराटनगर महानगरपालिका–६ घर भएकी चार वर्षीया आरुषी पासवानको मृत्यु भएको भनेर प्रदेश प्रहरी कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज र वेबसाइटमा गलत जानकारी सार्वजनिक गरेको हो ।
२. नाउपाभित्र विवाद थप चर्कियो
साउन ११ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले कास्कीका शिव बाँस्तोलालाई कार्यवाहक तोकिन् । यसपछि नाउपाभित्र आन्तरिक विवाद तीव्र बनेको छ ।
३. एमालेभित्र विद्याबारे बहस
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीभित्र हुँदै आएको बहसमा पूर्ण प्रतिबन्ध लगाउनेदेखि पार्टी झण्डामा रहेको रङ परिवर्तनसम्मको प्रस्ताव गरेको छ ।
४. बागमतीमा किचलो
नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम तालिका अनुसार संसदीय दलको नेता चयन प्रक्रियामा साउन १४ गते बुधबार मतदान हुने कार्य तालिका तय भएको हो ।
५. मुग्लिन–पोखरा सडक
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेको ८६ प्रतिशत काम सम्पन्न भएर चिटिक्क र आकर्षक बनेको छ । तर यो सडकको पश्चिमी खण्ड जामुने–पोखराको निर्माण कार्य भने सुस्त छ ।
६. छाउपडी
सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महिलाको जीवन जोखिममा पर्दै आएको छ । महिनावारी भएका वेला महिलालाई घरबाहिर असुरक्षित तरिकाले छाउगोठमा राख्ने विकृतिविरुद्ध यहाँ विद्रोह सुरु भएको दुई दशकभन्दा बढी भइसक्यो, तर पनि छाउगोठ राख्ने प्रचलन पूर्ण रूपमा हट्न सकेको छैन ।
७. पुराना डोजर निर्यात
नेपालमा डोजर (हेभी इक्विपमेन्ट) उत्पादन हुँदैन तर नेपालले विदेशमा विभिन्न खालका डोजर निर्यात गर्ने गरेको छ । केही वर्षयता दक्षिण एसियाली मुलुक अफगानिस्तान तथा अन्य खाडी मुलुकहरू डोजर खोज्न नेपालसम्म आइपुगेका छन्।
८. मधेसका किसानको गुनासो
नेपालको अन्न भण्डार मानिने मधेस प्रदेश अहिले खडेरीको चपेटामा पिल्सिरहेको छ । साउन महिनाको आधा समय बित्न लाग्दा पनि आकाशबाट पानी नपर्दा खेत बाँझो हुने अवस्थामा पुगेका छन् ।
९. बर्थिङ सेन्टर
प्रसवको असह्य पीडाले छटपटाइरहेकी मीना तामाङ (नाम परिवर्तन) को हात श्रीमानले बलियोसँग समातिरहेका थिए । वेलावेला कम्मरमा उठ्ने पीडा कम गर्न मसाज गरिदिन्थे, हिँड्न खोज्दा सहारा दिन्थे । यो कुनै चलचित्रको दृश्य होइन, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मिडवाइफरी नेतृत्वको बर्थिङ सेन्टरभित्रको यथार्थ हो, जहाँ प्रसवलाई महिलाको एक्लो र कष्टकर यात्रा बन्न दिइँदैन ।
१०. छुट्टाछुट्टै पहिचान
पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले ‘आइजीन’सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ । आइतबार सीडीएससी बोर्डको बोर्डले पारित गरेको निर्देशिका स्वीकृतिका लागि धितोपत्र बोर्ड (सेबोन)मा पठाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन् ।
११. समाजवादी मोर्चा विघटनको प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन् ।
१२. अपराध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण