माओवादीमा बचकाना बहस : सबै उस्तै हुन् !
सारांश
- लेखमा 'सबै कम्युनिस्ट भ्रष्ट' भन्ने अभिव्यक्ति र यसको पछाडिको उद्देश्यबारे चर्चा गरिएको छ।
- लेखले सामूहिक दोषारोपणको नकारात्मक प्रभाव र यसले दोषीलाई कसरी जोगाउँछ भन्ने कुरालाई उजागर गर्छ।
- भ्रष्टाचारको आरोप लगाउँदा सही र गलत छुट्याउनुपर्ने र सबैलाई एउटै डालोमा राख्नु न्यायसंगत नहुने कुरा बताइएको छ।
केही दिन यता सार्वजनिक मञ्चबाट, ‘मनमोहन बाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट हुन्’ भन्ने अभिव्यक्ति निरन्तर आइरहेको छ । युवाहरूको ‘ताली’ पाएपछि झन् हौसिएर चर्को भाषण पनि चलिरहेकै छ ।
कर्मको आधारमा होइन, पीढी र उमेरको हवाला दिएर सही गलत छुट्ट्याउने कोसिस गरिँदैछ । सामाजिक खपतका लागि जे भनेर भ्रम पार्न सकिन्छ त्यही भनिदैछ । निराशाको व्यापार गरेर आफूलाई अब्बल साबित गर्न खोजिँदै छ । तर, यो चल्ने वाला छैन ।
दुर्गा प्रसाईँको चर्को भाषण र ताली पनि त्यस बेला सुनिएकै हो । मानिसले राम्रोसँग सुनेका पनि हुन् । तर पछिल्लो समय पूर्वराजाको काखमा बसेर सबै नेताहरूलाई बेकम्मा साबित गर्न खोजेपछि उनको प्रतिगमनकारी प्रयासलाई युवाहरूले साथ दिएनन् ।
यतिबेला प्रधानमन्त्री केपी ओलीको काखमा बसेर पूर्व प्रधानमन्त्रीहरूलाई बेकम्मा साबित गर्न खोजिँदै छ । यस्तो परिदृश्य देखेपछि सचेत मानिसहरू मुख्यतः युवाहरू भ्रम मुक्त हुन थालेका छन् । सिसाको घरमा बसेर अरूलाई ढुङ्गाले हानेपछि के हुन्छ भनिरहन पर्दैन ।
‘सबै अपराधी हुन्’ भन्ने वाक्य केही खास उद्देश्यका साथ प्रयोग गरिन्छ—दोषीलाई जोगाउन, दोषबाट ध्यान मोड्न र जनतामा निराशा फैलाउन ।
निश्चय नै कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरूले जुन अपेक्षा अनुरूप काम गर्न नसकेको जन गुनासो सुनिँदै आएको छ । पार्टी, संसद् र सरकार सञ्चालनमा गणतान्त्रिक चरित्र देखिएन भन्ने प्रश्न उठ्ने गरेको छ । यसमा प्रायः स्वीकारोक्ति पनि छ अर्थात् ‘व्यवस्था बदलियो, अवस्था बदलिएन’ भन्ने कुरामा कसैको विमति देखिँदैन ।
कतिपय पूर्व प्रधानमन्त्रीहरूले आत्मसमीक्षासहित सार्वजनिक रूपमा बोलिरहेका पनि छन् । तर, राम्रो काम गर्दा गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिनु परेका नजिरलाई बेवास्ता गर्न मिल्दैन । अरू पुराना कुरा भए पनि पछिल्लो समय भ्रष्टाचार विरुद्ध , सुशासन, सामाजिक न्याय र समृद्धि मुख्यतः भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउँदा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको यथार्थलाई बिर्सन मिल्दैन । यसर्थ जसको जे हो त्यही भन्नुपर्छ, ‘गु र गोबर’ एकै ठाउँमा मिसाउन मिल्दैन ।
जब कुनै विशेष व्यक्ति वा समूहले अपराध गर्छ र त्यसको आलोचना वा अनुसन्धान अघि बढ्छ, तब केहीले ‘सबै उस्तै हुन्’, ‘सबै भ्रष्ट छन्’ वा ‘कसैको हात सफा छैन’ भन्ने धारणा फैलाउने गर्छन् । यस्तो सोच सजिलै पच्नेजस्तो लागे पनि, यो वास्तवमा खास दोषीलाई बचाउने रणनीति मात्र हो । अपराधको सामान्यीकरणले समाजमा अपराधप्रति सहिष्णुता बढाउँछ र न्यायिक प्रक्रियालाई कमजोर पार्छ ।
‘सबै अपराधी हुन्’ भन्ने वाक्य केही खास उद्देश्यका साथ प्रयोग गरिन्छ—दोषीलाई जोगाउन, दोषबाट ध्यान मोड्न र जनतामा निराशा फैलाउन । यो रणनीति यति धेरै प्रयोगमा आएको छ कि जनताले पनि कहिलेकाहीँ भ्रममा परेर भन्ने गर्छन्, ‘कसैबाट केही हुन्न ।’
सामूहिक दोषारोपण कुनै पनि हिसाबले समाधान होइन, बरु यो एक खतरनाक प्रवृत्ति हो जसले अपराधीलाई जोगाउँछ र न्यायलाई मार्छ ।
तर वास्तविकता यस्तो छैन । सबै मानिस समान हुँदैनन्, सबै भ्रष्ट हुँदैनन्, सबैले गलत कर्म गर्दैनन् । र, सबैलाई एउटै तराजुमा तौलिनु भनेको खास दोषीको नाम लिन डराउनु हो । न्याय व्यवस्था निर्दोष र दोषीको स्पष्ट छुट्ट्याइमा आधारित हुन्छ । यदि सबैलाई दोषी मानेर समेट्ने हो भने निर्दोषहरू अन्यायको सिकार बन्छन् । खास अपराधीहरू भिडभाडमा हराउँछन् । यो न्यायको सिद्धान्तको घोर अपमान हो ।
नेपाली राजनीतिको सन्दर्भमा हेर्दा, कुनै एक नेताको भ्रष्ट्राचार उजागर हुन्छ, अनि तुरुन्तै केही मानिसहरू ‘सबै नेता उस्तै हुन्’ भन्न थाल्छन् । तब सही र गलतको भेद मेटिन थाल्छ । जब सार्वजनिक सम्पत्ति लुट्ने, नीतिगत निर्णय बेच्ने, वा जनतालाई धोका दिने विशिष्ट कुकर्मलाई ‘सामान्य प्रवृत्ति’ बनाएर सामान्यीकरण गरिन्छ तब दोषीहरू ढुक्क बन्छन्—किनभने सबै उस्तै भनिएको छ । राजनीति, प्रशासन र समाजमा नैतिकता हराउँदै जान्छ । नागरिक सचेतना कमजोर हुन्छ, प्रतिवाद निष्क्रिय बन्छ ।
सामूहिक दोषारोपण कुनै पनि हिसाबले समाधान होइन, बरु यो एक खतरनाक प्रवृत्ति हो जसले अपराधीलाई जोगाउँछ र न्यायलाई मार्छ । जब कोही विशेष अपराध गर्छ, उसलाई नै दोष दिनुपर्छ—सबैलाई होइन । सबै अपराधी हुन् भन्नु खास अपराधीको बचाउ गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण