रञ्जिताले बुझाइनन् स्पष्टीकरण, राष्ट्रिय भेलामा कारबाहीबारे छलफल
सारांश
- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएकी छैनन्।
- स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीको अनुशासन समितिले श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ।
- राष्ट्रिय भेलामा अध्यक्ष श्रेष्ठबारे छलफल हुने र त्यहाँबाट आउने निर्णयअनुसार अघि बढ्ने बताइएको छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले मागेको स्पष्टीकरणको जवाफ दिएकी छैनन् ।
बहुमत सदस्यसहित बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो । तर २४ घण्टा बित्दा पनि श्रेष्ठले स्पष्टीकरण बुझाएकी छैनन् ।
स्पष्टीकरणको जवाफ नआएपछि नागरिक उन्मुक्ति पार्टीको अनुशासन समितिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारवाही सिफारिस गरेको छ । नाउपाका एक नेताले भने, ‘अनुशासन विभागले रञ्जिता श्रेष्ठलाई कारवाही गर्नुपर्छ भनी सिफारिस गरेको छ, सो सिफारिसबारे आज हुन गइरहेको राष्ट्रिय भेलामा छलफल हुन्छ ।’
श्रेष्ठमाथि के कारबाही हुने भन्ने विषयमा ती नेताले केही खुलाउन चाहेनन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता एवं राष्ट्रिय भेलाको संयोजक रामलाल डगौराले अध्यक्ष श्रेष्ठको बारेमा राष्ट्रिय भेलामा छलफल हुने र त्यहाँबाट आउने निर्णयको आधारमा आगडि बढ्ने बताए । अनुशासन समितिले गर्ने सिफारिसका आधारमा छलफल गरी निर्णय लिइने उनले बताए ।
नाउपाका बहुमत केन्द्रीय सदस्यले लिखित रुपमै केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष श्रेष्ठसँग माग गरेका थिए । तर उनले बैठक नबोलाएर कास्कीका वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक दिएर आफ्नो अधिकार सुम्पिइन् । त्यसपछि सोमबार बसेको केन्द्रीय समिति बैठकले रञ्जिता श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण