कतै सुक्खा कतै वर्षा किन भइरहेछ ?
सारांश
- डा. विनोद दवाडीसँगको कुराकानीमा मनसुन प्रणाली, वर्षाको प्रकृति, र जलवायु परिवर्तनका असरबारे चर्चा गरिएको छ।
- हिमालय शृङ्खलाले वर्षामा पार्ने प्रभाव र तराईदेखि माथिसम्म वर्षाको मात्रामा आउने भिन्नतालाई विश्लेषण गरिएको छ।
- अनावृष्टि, खण्डवृष्टि, र भारी वर्षाको कारण, पूर्वानुमानको कमी, र जलवायुजन्य जोखिमबाट बच्ने उपायबारे जानकारी दिइएको छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. विनोद दवाडीलाई हामीले केही प्रश्न राखेका छौँ ।
- हामीले सामान्यतः जसलाई मनसुन प्रणाली भन्छौँ र हामीकहाँ आइपुग्ने मनसुनलाई ‘इन्डियन मनसुन’ भन्छौँ । विश्वभरिको र हाम्रो मनसुन प्रणाली कस्तो हो ? हामीकहाँ आउने मनसुन र वर्षामा हिमालय शृङ्खलाले पार्ने प्रभाव र वर्षाको प्रकृति बारेमा बताइदिनुस् ।
सामान्यतया वर्षा हुने सिस्टमलाई हेर्दा दुई कुरा हेर्नुपर्छ— ‘वाटर बडी’ (पानीको स्रोत वा समुद्र) र ‘ल्यान्ड मास’ (जमिनको भाग) । ‘ल्यान्ड मास’ र ‘वाटर बडी’को प्रोपर्टी (गुण) फरक–फरक हुन्छन् । विशेषतः यसमा ‘स्पेसिफिक हिट क्यापासिटी’ (विशिष्ट तापधारण शक्ति)को कुरा आउँछ ।
जमिन छिटो तात्छ र छिटो सेलाउँछ । पानी तात्न अलि समय लाग्छ भने ढिलो सेलाउँछ । जमिन छिटो तात्दा त्यहाँ भएको हावाको डेन्सिटी (घनत्व) कम हुन्छ र हावा वायुमण्डलको माथिल्लो तहमा जान्छ । माथि गइसकेपछि खोलामा पानीको तह आफैँ मिलेजस्तै हावाले पनि आफ्नो तह आफैँ मिलाउँछ ।
खासगरी वैशाख, जेठ, असारतिर हाम्रो भूगोल बढी तात्छ । तलतिर इन्डियन ओसन (हिन्द महासागर) छ । त्यहाँको पानीभन्दा हाम्रो भूगोल छिटो तात्ने भयो । हाम्रो भूगोलको धेरै क्षेत्रको हावा तातेर माथि जाँदा त्यसलाई पूर्ति गर्न नजिकको क्षेत्रबाट हावा आउँछ । यसो हुँदा ‘इन्डियन ओसन’बाट हामीतिर हावा आउँछ । त्यो हावामा ‘वाटर पार्टिकल्स (जलकणहरू) बढी हुन्छन्, त्यसैले पानी पार्ने हो ।
जलवाष्पयुक्त हावा जतिजति पहाड वा हिमालय क्षेत्रतिर आउँछ त्यति नै चिसिँदै जान्छ ।
पूर्वानुमान त मनसुन सिजनभरिको कुरो हो । अहिले नै नमिलिसकेको अवस्था होइन, अझै पानी पर्ने समय छ तर अनुसन्धानको कमीले गर्दा कहाँ सुक्खा र कहाँ बढी पानी पर्ने भनी पूर्वानुमान हुन सकेन भन्छु म ।
- उसो भए ठ्याक्कै हिमाली भेगमै पानी कम पर्ने वा पर्दै नपर्ने किन हुन्छ ?
हामीले हाम्रो सन्दर्भमा पानीको ‘एरिया डिस्ट्रिब्युसन’ (क्षेत्र वितरण) हेर्नुपर्छ । हामीकहाँ तल्लो भूभाग (तराई)देखि माथितिर वर्षाको मात्रा बढ्दै गएको पाइन्छ । विशेषतः २२०० देखि २५०० मिटर उचाइका पहाडी भूभागमा धेरै पानी परेको पाइन्छ । त्यसदेखि माथि वर्षाको मात्रा घट्दै जान्छ र कतिपय हिमाली क्षेत्रमा वर्षा हुँदैन । किनभने जलवाष्पयुक्त हावा धेरै उचाइमा जान सक्दैन । हिमालमा पुग्नुअघि नै त्यो हावा पहाडमा ठोकिने हुनाले पहाडी भूभागमा बढी पानी पर्ने हो ।
- हिजो पानी नपर्ने कतिपय हिमाली भेगमा अहिले पानी पर्न थालेको छ भनिन्छ । हुन त अचेल अनावृष्टि, खण्डवृष्टि र भारी वर्षाको विषयलाई ‘क्लाइमेट चेन्ज’सँग जोडेर हेरिन्छ । हुन पनि कुपोण्डोलमा पानी पर्दा बबरमहलमा पानी नपरेको हुन सक्छ, यस्तो किन भइरहेको छ ? यसको कारण वा विज्ञान के हो ?
यस्ता घटना अहिले मात्रै भएका होइनन्, पहिले पनि हुन्थ्यो । यद्यपि यस्ता घटना पहिलेको तुलनामा बढ्दै गएको साँचो हो ।
_E6FbPcSC9v.jpg)
तपाईंले भनेको जस्तै हिजो पानी नपर्ने ठाउँमा पनि अचेल पानी पर्न थालेको छ । अनि, पहिले पानी पर्ने ठाउँमा अहिले कम पर्न थालेको छ । कुन मेकानिजमले यस्तो भयो भनेर अध्ययन हुन बाँकी नै छ ।
यसको विज्ञानको कुरा गर्दा हामीकहाँ भौगोलिक जटिलता भनौँ वा विविधता छ— कतै कृषि भूमि छ, कहीँ बाँझो जमिन छ, कहीँ जङ्गल छ, कहीँ घरहरू छन् । यस्तै कहीँ समथर फाँट छन्, कहीँ पहाड त कहीँ हिमाल छन् । यी सबैले गर्दा जमिनको विशिष्ट तापधारण शक्तिमा फरकपन आउँछ र त्यहाँको हावा कतै छिटो त कतै ढिलो तात्न सक्छ । यसैले कतै खण्डवृष्टि र कतै अनावृष्टि हुने गर्छ, यो भूगोल विशेषमा भर पर्छ ।
मनसुनका दृष्टिले हाम्रो तराईमा के होला; मध्य पहाडमा के होला; उच्च पहाडमा के होला अथवा पूर्वी, मध्य, पश्चिमीमा के हुन सक्छ भन्ने रिसर्च भएन ।
टेक्निकल भाषामा हामी यसलाई ‘स्क्यान्टी रेनफल’ अर्थात् अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि भन्छौँ । कुनै ठाउँमा ‘लो प्रेसर फर्मेसन’ (न्यून चापको निर्माण) भयो भने वरपरको उच्च चापीय क्षेत्रबाट एकैचोटि धेरै हावा आउँछ र त्यहाँ जम्मा हुन्छ । त्यो हावा ड्राई (सुक्खा) छ भने पानी पर्दैन, जलवाष्पयुक्त हावा आयो भने पानी पर्छ । यसरी पहिले पानी नपरेको ठाउँमा पनि अचेल पानी परेको देखिन्छ ।
हामीकहाँ विशेषतः चार महिना (जुन, जुलाई, अगस्ट, सेप्टेम्बर) ‘ह्युमिड एयर’ (आर्द्र हावा) अर्थात् जलवाष्पयुक्त हावा रहेको हुन्छ । त्यसैले पानी पार्ने हो ।
धेरै क्षेत्र ओगट्ने उस्तै किसिमको ‘एयर मास’ छ भने धेरै एरियामा पानी पर्ने भयो । थोरै ‘एयर मास’ छ भने तातेको भूगोल विशेष अनुसार त्यो ‘एयर मास’ जता जान्छ त्यतै पानी पर्ने भयो ।
एटमोस्फेरिक फेनोमेनाहरू (वायुमण्डलीय घटनाहरू)को बाटो वा दिशा सडक वा नदीजस्तो निश्चित हुँदैन । यसलाई हावाको चापले निर्धारण गर्छ । कहीँ जङ्गल हुन्छ, कहीँ समथर भूभाग हुन्छ, कहीँ बाँझो भूभाग हुन्छ, यी हरेक ठाउँबाट हावा तात्ने क्रम फरक–फरक हुन्छन् । यस कारण पनि मनसुनी हावाले दिशा परिवर्तन गर्छ ।
कुनै ठाउँको हावा बढी तात्यो भने त्यो हलुका हुन्छ र माथितिर जान्छ । त्यसरी हावा माथितिर गएपछि त्यसको आपूर्तिमा वरपरको क्षेत्रबाट हावा आउँछ । यसरी आउने हावा जलवाष्पयुक्त भयो भने पानी पर्छ । त्यसैले अचानक गर्मी बढ्यो भने मानिसले अनुमान गर्छन् कि अब पानी पर्छ होला ! यस्तो अनुमान बर्खायाममा मिल्न पनि जान्छ ।
- तपाईंले अघि भन्नुभयो, तलदेखि माथितिर वर्षाको मात्रा कम हुँदै जान्छ । अहिले मनसुन भित्रिसक्दा पनि मधेसमा पानी कम परेको छ, यस्तो किन भयो ?
यस्तो किन भयो भनेर मैले पनि अनुसन्धान गरेको छैन । मेरो सामान्य बुझाइ र मौसम विज्ञानमा आधारित भएर भन्नुपर्दा यो वर्षको घटनालाई मात्रै हेरेर निष्कर्ष निकाल्न सकिँदैन, त्यस्तो निष्कर्ष पूर्ण हुँदैन । यो त एउटा ‘इफेक्ट’ (कार्य) हो, यसको कज (कारण) खोज्नलाई हामीले पछिल्ला वर्षका तथ्याङ्कलाई हेर्नुपर्छ ।
हामीले ‘डब्लुएमओ’ (विश्व मौसम संगठन), ‘आईपीसीसी’का रिपोर्ट हेर्यौँ भने पछिल्ला हरेक दशकमा गर्मी बढ्दै आएको छ । यसरी हेर्दा कुनै वर्ष मात्रै एकैचोटि गर्मी बढेको हुँदैन, आज गर्मी बढ्नुमा हिजोको पनि भूमिका हुन्छ ।
तापक्रम उच्च हुँदै जाँदा जैविक विविधतामा असर पर्छ । बिरुवाहरू र पानीका मुहानहरू सुक्दै जान सक्छन्, भूमिगत जल घट्दै जान सक्छ । माटोले पानी सोस्ने क्षमता कम हुँदै जान्छ । यसरी जैविक विविधतामा क्षति पुग्छ । यसरी सम्पूर्ण ‘इन्टिग्रेटेड इफेक्ट’ (एकीकृत असर) हेरेर आजको अवस्थालाई हेर्नुपर्छ । खडेरीका घटना हिजो पनि भएका हुन् । रिसर्चहरूले के देखाएका छन् भने यस्ता किसिमका घटना सचेत गराउने घण्टी हुन् ।
- मधेसमा तत्कालै ठुलै वर्षा हुन सक्छ ?
पर्न सक्छ ।
मौसम सम्बन्धी मानिएका संस्था (जस्तो : वर्ल्ड मेटेरोलजिकल अर्गनाइजेसन, साउथ एसियन मनसुन फोरम) यिनीहरुले ठाउँ विशेषको मनसुनको पूर्वानुमान गरेका हुन्छन् । यसपालि दक्षिण एसियामा औसतभन्दा बढी मनसुन हुने भनिएको थियो । नेपालमै ‘जल तथा मौसम विज्ञान विभाग’को नेतृत्वमा बनेको एउटा मनसुन फोरमले जेठको पहिलो सातातिर अन्तर्क्रिया गरी यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको थियो ।
पूर्वानुमान त मनसुन सिजनभरिको कुरो हो । अहिले नै नमिलिसकेको अवस्था होइन, अझै पानी पर्ने समय छ तर अनुसन्धानको कमीले गर्दा कहाँ सुक्खा र कहाँ बढी पानी पर्ने भनी पूर्वानुमान हुन सकेन भन्छु म ।
सामान्यतया हाम्रो पूर्वानुमान भारतीय पूर्वानुमानमा आधारित हुन्छ । भौगोलिक जटिलता भएको हाम्रो भूगोलमा आफ्नै किसिमको प्रकृति छ तर हामीकहाँ ठाउँ विशेषका तथ्याङ्क लिएर वा अनुसन्धान गरेर मौसमको पूर्वानुमान गरिएको छैन । मनसुनका दृष्टिले हाम्रो तराईमा के होला; मध्य पहाडमा के होला; उच्च पहाडमा के होला अथवा पूर्वी, मध्य, पश्चिमीमा के हुन सक्छ भन्ने रिसर्च भएन । औसतभन्दा बढी पानी पर्छ भनियो । हुन पनि अहिलेसम्मको तथ्याङ्क हेर्दा औसतभन्दा बढी पानी पर्दै गएको छ । अनि वर्षा हुने दिनहरूको सङ्ख्या कम हुँदै गएको छ । वर्षा हुने दिन कम हुँदै जाने र वर्षाको मात्रा बढ्दै जाने देखिन्छ । अर्थात् छोटो समयमा धेरै पानी परेको अवस्था छ । यसो हुँदा बाढी–पहिरोको सम्भावना बढ्छ ।
- भनेपछि पूर्वानुमान नमिलिसकेको होइन, मनसुन गइसकेको छैन र यसपालि औसतभन्दा बढी नै पानी पर्छ !
पूर्वानुमान त मनसुन सिजनभरिको कुरो हो । अहिले नै नमिलिसकेको अवस्था होइन, अझै पानी पर्ने समय छ तर अनुसन्धानको कमीले गर्दा कहाँ सुक्खा र कहाँ बढी पानी पर्ने भनी पूर्वानुमान हुन सकेन भन्छु म ।
_uLwtUUWdot.jpg)
हाम्रो भौगोलिक विविधतालाई ध्यानमा राखेर अर्थात् पहाड, मधेस वा पूर्व–पश्चिम गरी भौगोलिक खण्ड छुट्टाएर पूर्वानुमान गर्न सक्नुपर्थ्यो ।
सामान्यतया हरेक देशमा जलवायुसँग सम्बन्धित सरकारी निकायहरू हुन्छन्, उनीहरूको अनुसन्धान विभाग हुन्छ । हामीकहाँ ‘रिसर्च डिभिजन’ छैन । त्यसैले साइन्टिफिक रिसर्च नभईकन मौसम सम्बन्धी पूर्वानुमान गर्नु अत्यन्त कठिन काम हो । अनुसन्धानका लागि पनि अत्याधुनिक उपकरण पर्याप्त हुनुपर्छ, तिनको उचित मर्मतसम्भार हुनुपर्छ । अर्को कुरा प्रशिक्षित मानव संसाधनको कमी हुनु भएन ।
पूर्वानुमानको कुरा गर्दा मानौँ हेटौँडाबाट ९९ प्रतिशत जलवाष्पयुक्त हावा प्रतिघण्टा ३० किलोमिटरका दरले काठमाडौँतिर आइरहेको छ भने अनुमान गरिन्छ कि त्यो कतिबेला काठमाडौँमा आइपुग्छ र पानी पर्छ भन्ने, तर बिचमै कतैबाट अर्को तीव्र हावा आएर हैटौँडातिरबाट आएको हावालाई मोडिदिन सक्छ र अन्यत्र पानी पर्न सक्छ, यसरी हाम्रो पूर्वानुमान फरक पर्न सक्छ । ठाउँठाउँमा जलवायुजन्य अवस्थालाई मापन गर्ने अत्याधुनिक उपकरण राखिन्छ र त्यहाँको डाटा हाम्रो पूर्वानुमान गर्ने उपकरणमा क्षणक्षणमा इन्ट्री हुन्छ भने अरू थप पूर्वामान गर्न सकिन्छ । अटोमेटिक वेदरको कुरो त कन्टिन्यु आउने भए तर नन–अटोमेटिक तथ्याङ्कहरू हामीकहाँ बिहान ८ः४५ र बेलुकी ५ः४५ बजे लिएर पूर्वामान गरिन्छ । बिचमा अरू इभेन्ट भइसकेको छ भने डाटा इन्ट्री हुँदैन ।
एटमोस्फेरिक फेनोमेनाहरू ( वायुमण्डलीय घटनाहरू)को बाटो वा दिशा सडक वा नदीजस्तो निश्चित हुँदैन । यसलाई हावाको चापले निर्धारण गर्छ ।
- हामीकहाँ वर्षा मापन गर्ने संयन्त्र र प्रविधि के कस्ता छन् ?
हामीकहाँ मौसम मापन गर्ने स्टेसनहरू विभिन्न ठाउँमा राखिएका छन् । कहीँ ‘प्रेसिपिटेसन स्टेसन’ (वर्षा मापन केन्द्र) मात्रै हुन्छ । जहाँ एउटा ‘रेन गज’ (एउटा भाँडो) हुन्छ, त्यसैमा वर्षाको मिलिमिटर हेरिन्छ । यस्तै ‘क्लाइमेटोलोजिकल स्टेसन’ (जलवायु विज्ञान केन्द्र) भन्ने छन्, त्यहाँ तापक्रम र वर्षा दुइटै मापन गरिन्छ । ‘एरोनटिकल स्टेसन’ले हावाको गति, दिशा मापन गर्छन् । यस्तै कृषिलाई केन्द्रित गरेर स्टेसन राखिएका छन्, माटोको तापक्रम लगायत मापन गरिन्छ । अहिले सरकारले ‘अटोमेटिक वेदर स्टेसन’ पनि राख्दै छ ।
- जलवायुजन्य जोखिमबाट बच्न सरकारले के उपाय गर्न सक्छ ?
जलवायुजन्य प्रकोपका सम्बन्धमा प्रधानमन्त्रीको अध्यक्षतामा एउटा समिति हुन्छ, त्यसमा गृहमन्त्री उपाध्यक्ष हुन्छ । फेरि गृह मन्त्रालयको अध्यक्षतामा अर्को समिति हुन्छ । त्यस्तै गरेर प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति हुन्छ । यस्तै हरेक नगरपालिका अथवा गाउँपालिकामा चाहिँ मेयर वा अध्यक्षको अध्यक्षतामा एउटा कमिटी हुन्छ ।
जलवायुजन्य कुनै घटना हुने र असर हुने पालिका तहमै हो । उहाँहरूसँग केही रिसोर्स पनि छ । हरेक पालिकाले स्थानीय रूपमा त्यहाँको क्लाइमेट कस्तो छ, कसरी परिवर्तन भइराखेको छ र कस्तो किसिमको इभेन्ट हुन सक्छ भविष्यमा भन्ने सोचेर त्यो अनुसार उहाँहरूले प्लान बनाउनुभयो, तथ्याङ्क लिने सिस्टम राख्नुभयो भने जलवायुजन्य घटनाबाट बच्ने उपाय निकाल्न सकिन्छ । मेरो विचारमा पालिका तहले नै काम थाल्नुपर्छ । राष्ट्रिय स्तरमा त पोलिसी बनाउने हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण