बारामा ब्राउनसुगरसहित एक युवक पक्राउ
सारांश
- प्रहरीले बाराको फेटा गाउँपालिकामा ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विश्रामपुरका २२ वर्षीय अजमुल हक अंसारी रहेको प्रहरीले जनाएको छ।
- अंसारीको साथबाट ब्राउनसुगर र ब्राउनसुगर जस्तो देखिने लेदो पदार्थ बरामद गरिएको छ।
रौतहट । बारा जिल्लाको फेटा गाउँपालिका–१, भलुहीस्थित सडकखण्डमा प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमान्डमा खटिएको टोलीले कलैया बजारबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका एक युवकलाई शंका लागि रोकेर खानतलासी गर्दा बुधवार साँझ लागु औषध सहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१, घोडासाहन निवासी मोबारक मियाका २२ वर्षीय छोरा अजमुल हक अंसारी रहेको प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले बताएका छन्।
खानतलासीको क्रममा अन्सारीको साथबाट दुईवटा प्लास्टिकको पुरिया बरामद गरिएको थियो। एउटा कालो प्लास्टिकभित्र सेतो रंगको सानो प्लास्टिकमा ब्राउन सुगर करिब ६०० मिलिग्राम र अर्को सेतो प्लास्टिकभित्र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ। प्रहरीले लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न हुन सक्ने आशङ्कामा थप अनुसन्धान जारी रहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण